१२ फागुन,काठमाडौं – देशको पछिल्लो राजनितिक अवस्थाबारे नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफलको तयारी भएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरेसँगै आज बुधबार प्रचण्ड नेपाल पक्ष र नेपाली कांग्रेसबीच छलफल हुने भएको हो । कांग्रेस सभापति शेर बहादुर देउवाको अनुसार चितवनमा रहेका प्रचण्ड र नेपाल काठमाडौं फर्कनासाथ छलफल तय भएको छ ।
सचिवालयका अनुसार संसद् पुनःस्थापनापछि कसरी मिलेर अघि बढ्ने भन्ने सम्बन्धमा छलफल हुने बताइएको छ । संसद् विघटनपछि ओलीसँग नजिकिएका देउवाले अदालतको फैसलापछि प्रचण्ड नेपालसंगको भेटलाई निकै चासोको साथ हेरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar