११ फागुन,काठमाण्डौं – प्रतिनिधीसभा संसद पुर्नःस्थापना भएपछि नेकपा (प्रचण्ड–नेपाल समूह)ले भोली (बुधबार) संसदीय दलको बैठक बोलाएको छ।
बुधबार अपरान्ह चार बजे बोलाइएको संसदीय दलको बैठकमा नेकपा ओली समूहका सांसदलाई समेत आमन्त्रण गरिएको छ। यसअघि नै प्रचण्ड–नेपाल समूहले ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई संसदीय दलको नेता चयन गरिसकेको छ।
सर्वोच्चले १३ दिनभित्र संसदको अधिवेशन बोलाउन आदेश दिएसँगै प्रचण्ड – नेपाल समूहले संसदीय दलको बैठक बोलाएको हो।
उक्त बैठकमा ओली समूहका सांसद सहभागी हुने नहुने विषयमा केही खुलेको छैन। प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै प्रचण्ड-नेपाल समूहले दीपावली गरेको छ।
अधिकांश राजनीतिक दल नेताले सर्वोच्चको फैसललाई स्वागत गर्दै ऐतिहासिक भनेका छन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar