काठमाडौं – कच्चा पर्दाथ अभावमा स्वदेसी उद्योग संकटमा परेका छन ।
आयातित कच्चा पदार्थमा संचालन हुँदै आएका नेपाली उद्योगका लागि कच्चा पदार्थ आयातमा समस्या भएसँगै उद्योगहरु समस्यामा परेका हुन । कोरोनाका कारण उद्योगका लागि आवश्यक कच्चा पदार्थ आपूर्ति गर्ने उद्योग बन्द हुन पुग्दा समस्या सृजना भएको छ ।
विगत ३ महिना अघि देखि नेपाली उद्योगले आयातका लागि अर्डर गरेको कच्चा पदार्थ हालसम्म पनि आईनपुगेको नेपाल चेम्बर अफ कमर्सका उद्योग समितिका सभापति दिपक श्रेष्ठले बताएका छन । व्यवसायीले एलसी खोलेर उद्योगका लागि आवश्यक कच्चा पदार्थ मगाएको ३ महिनाभन्दा बढी भैसकेपनि अर्डर गरेका मालसामान अझसम्म नआएको श्रेष्ठको भनाई छ । कतिपय कम्पनीले अर्डर लिएर पनि सामान दिन सकेका छैनन भने कतिपयले ट्रान्सपोर्ट समस्या देखाउने गरेको कारण समस्या उत्पन्न भएको व्यवसायीहरुको भनाई छ ।
पछिल्लो समय पानीको सतह घटेको भन्दै कलकता बन्दरगाहले शीपमेन्टका लागि अनुमति नदिँदा नेपाली उद्योगी व्यवसायीले आयात गरेको कच्चा पदार्थ तथा अन्य बस्तुहरु समयमै ल्याउन सकेका छैनन । सोही कारण कारण विदेशस्थित कम्पनीले सामान डेलिभरी दिएपनि चीन तथा तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ नेपाल आइसकेको छैन ।
विश्व बजारमा कच्चा पदार्थको मूल्य अकासिनु एवं महगो मूल्यमा अर्डर गर्दा पनि समयै मालसामान पाउन नसक्दा उद्योग संचालनमा कठिनाई सृजना भएको व्यवसायीहरुको भनाई छ । कोरोना पछि नेपाली उद्योगी व्यवसायीले आयात गर्ने कच्चा पदार्थको मूल्य न्यूनतम ४० प्रतिशतदेखि ६० प्रतिशतसम्म बढेको छ । यो सँगै कोलकाता बन्दरगाहले पानीको सतह घटेको भन्दै नेपाली उद्योगी व्यवसायीले आयात गरेका सामानय ढुवानीका लागि अनुमति नदिदा समस्या चर्किएको व्यवासायीहरु बताउछन ।
नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समितिका सभापति भरत आचार्यका अनुसार कोरोनाका कारण विश्व बजारको आपूर्ति श्रृखलामा समस्या आएका कारण उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयातमा समस्या उत्पन्न भएको छ । कोरोनाका कारण कतिपय शीपमेन्ट कम्पनीहरु बन्द हुन पुगेको छन् भने संचालनमा रहेका कम्पनीले पनि कामदार अभाव भएका कारण ढुवानीमा समस्या हुँदै आएको बताउने गरेका छन ।
विश्वबजारमा कच्चा पदार्थको मूल्य बढ्दा नेपाली उद्योगी व्यवसायीहरु समस्यामा पर्दै आएका थिए भने शीपमेन्ट समस्या कारण समयमै ढुवानी नपाउदा अर्को समस्या थपिएको आचार्यको भनाई छ । धेरैजसो कच्चा पदार्थको स्रोत पेट्रोलियम पदार्थ भएको र पछिल्लो समय विश्वबजारमा यसको मूल्य बृद्धि हुँदा धेरैजसो बस्तुको मूल्य बढ्न पुगेको उनको भनाई छ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा प्लाष्टिक उद्योगका लागि आवश्यक कच्चा पदार्थको मूल्यमा अझै बढी असर परेको व्यवसायीहरु बताउछन ।
कोरोनाका कारण संकटउन्मुख अवस्थामा रहेको उद्योग व्यवसायलाई पछिल्लो समय अमेरिकामा आएको आँधी र जापानमा आएको शक्तिशाली भुकम्पले थप समस्या सिर्जना गरेको व्यवसायीहरु बताउँछन् । बढ्दो ढुवानी भाडा तथा सोही अनुरुप बढेकै मूल्यमापनि कच्चा पदार्थ भनेको समयमा नपाउँदा नेपाली उद्योगहरुको अवस्था संकटपूर्ण अवस्थामामा पुगेको हो । कोरोनापछि नेपाली उद्योगी व्यवसायीले आयात गर्ने कच्चा पदार्थको शीपमेन्ट शुल्कमात्रै ५० प्रतिशतसम्म वृद्धि भएकोले थप समस्या सृजना भएको उनिहरुको तर्क छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar