• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७७ फागुन २३, आईतबार
ट्रेन्डीङ्ग
subhayugsubhayug.comCorona Virusनेपाल कम्युनिष्ट पार्टीनेकपाकेपी शर्मा ओलीप्रधानमन्त्री केपी शर्मा ओलीwww.subhayug.com
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सर्वोच्चको फैसलाले हाम्रो हार भयो : महासचिव विष्णु पौडेल

११ घण्टा अघि
२

सर्वोच्चवाट अनेपक्षित फैसला आयो : प्रचण्ड

११ घण्टा अघि
३

नेकपा नाम विवाद : सर्वोच्चद्धारा ओली प्रचण्डको नेकपा खारेज , अन्तत ऋषि कट्टेलले जिते मुद्दा

१४ घण्टा अघि
४

काठमाण्डौ मेयर कप : एपीएफलाई २५९ रनको प्रतिस्पर्धात्मक लक्ष्य

१४ घण्टा अघि
५

सरकारमा जाने – नजाने महत्वपूर्ण कुरा होइन : धर्मेन्द्र बास्तोला

१५ घण्टा अघि
६

प्रधानमन्त्री ओलीविरुद्वको अविश्वासको प्रस्ताव अघि नबढ्ने : एकपटक स्वःस्फुर्त राजिनामाको अवसर दिईने

१५ घण्टा अघि
७

आजको प्रतिनिधिसभा बैठकले शोक प्रस्ताव मात्रै पारित गर्ने

१५ घण्टा अघि
८

नेकपाको नाम विवाद : सर्वोच्चले आज फैसला सुनाउँदै

१५ घण्टा अघि
९

नेकपाका अध्यक्षद्धय प्रचण्ड र माधवद्धारा सभामुखसंग भेटघाट

१५ घण्टा अघि
१०

ओली समूहको संसदीय दलको बैठक सम्पन्न : बहुमत सांसद उपस्थित भएको दाबी

१ दिन अघि
११

प्रधानमन्त्री ओलीले आइतबार ‘कोभिशिल्ड’ लगाउने

१ दिन अघि
१२

प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलिदेखि सुरु

१ दिन अघि

धेरै पढिएका

  • thailand१

    थाईल्याण्डमा रात बिताउन प्रस्ताव राख्दै युवतीले ‘यु वाण्ट बुम बुम?’ भनेपछि

    ३ महिना अघि
  • KAJI PIYA AND prime bank२

    १५ करोडको घरमाथी प्राइम बैंकको गिद्धेनजर : ५ करोडमा जवरजस्ती घर लिलामीपछि घरधनी सडकमा

    १ महिना अघि
  • lockdown ktm३

    संक्रिय संक्रमित २५ हजार नाघेपनी अस्पतालले धानेसम्म लकडाउन नहुने

    ५ महिना अघि
  • lalita niwas photo 1४

    ललितानिवास जग्गा प्रकरण : २० करोडभन्दा बढी अपचलन गर्नेमा १९ जना रहँदा ‘कारिन्दा’ बस्न्यातलाई मात्रै दोषी करार गराउने नियत

    २ महिना अघि
  • lalpurja५

    जग्गाधनीलाई नै पत्तै नदिइ यसरी गरियो अर्काको नाममा जग्गा पास

    १ महिना अघि
  • oli prachanda६

    मन्त्री बन्न ३० गुण भएको हुनुपर्ने : प्रधानमन्त्रीले पाउलान् त त्यस्ता सारथी ?

    ५ महिना अघि
  • ghus sahit pakrau७

    ९५ हजार घुससहित् धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत महिला इन्जिनियर पक्राउ

    २ हफ्ता अघि
  • received_467162690963048८

    धादिङमा प्रचण्ड-माधव नेपाल पक्षको विशाल जनप्रदर्शन

    ४ हफ्ता अघि
  • Miss-nepals९

    मिस नेपालहरू कुन दुनियाँमा मस्त ?

    १ महिना अघि
  • artha mantralaya surendra pandey१०

    मन्त्रीमण्डल पुर्नगठनमा अर्थमन्त्रीको चर्चा : सुरेन्द्र पाण्डे भन्छन् अर्थमन्त्रालयनै चाहिन्छ

    ५ महिना अघि
  • संरक्षण नहुँदा दरबारको अस्तित्व मेटिँदै

    Reporterप्रकाशित मिति: २०७७ फागुन ९, आईतबार (२ हफ्ता अघि)
  • ९३ पाठक संख्या
  • doti darbar

    ९ फागुन,डोटी – उचित संरक्षण तथा संवद्र्धन नगरिँदा डोटीका पुराना दरबारको अस्तित्व मेटिँदै जान थालेको छ ।

    स्थानीय निकायले ती दरबारको उचित व्यवस्थापन तथा संरक्षण गर्न नसक्दा बर्सेनि अस्तित्व मेटिँदै जाने अवस्थामा पुगेका हुन् । जिल्लामा पुराना राज्य रजौटाका पालामा निर्माण गरिएका दर्जनौँ दरबार तथा कोटहरू भग्नावशेषका रुपमा परिणत हुन थालेका छन् ।

    जिल्लाका पूर्वीचौकी, जोरायल, दिपायल सिलगढीलगायत क्षेत्रमा निर्माण गरिएका वर्षौँ पुराना दरबार तथा कोटहरूको उचित संरक्षण तथा संवद्र्धन नगरिएका कारण बर्सेनि लोप हुँदै जाने अवस्थामा पुगेको जोरायल गाउँपालिका–६ निरौलीका स्थानीय सुरेन्द्रबहादुर बोहराले बताए । उनले भने, ‘पुराना राजाका दरबार उचित संरक्षण नगरिँदा खण्डहर बन्दै गएका छन्, यहाँका स्थानीय तहले समयमै उचित संरक्षण नगर्ने हो भने अबको केही वर्षमै ती दरबार बिलिन हुनेछन् ।’

    जोरायल गाउँपालिका–६ निरौलीमा रहेको नागीमल्ल राजाले निर्माण गरेको दरबार, दिपायल सिलगढी नगरपालिका–३ दिपायल तथा वडा नं ६ सिलगढीस्थित नाचनथलीमा रहेको डोटी गौडा दरबारको उचित संरक्षण नहुँदा बर्सेनि भत्किँदै जान थालेका छन् । पुरातात्विक महत्व र पर्यटकीय सम्भावना बोकेका यी दरबारहरू समयमै उचित संरक्षण नगरिँदा अस्तित्व मेटिँदै जान थालेको छ । यहाँका स्थानीय तहले दरबार संरक्षण तथा संवद्र्धनका लागि केही समय पहिला पहल चालिए पनि अहिले कामले निरन्तरता नपाएको भन्दै स्थानीयवासी दुःखी भएका छन् ।

    दरबार संरक्षणका लागि यहाँका स्थानीय तहले खासै चासो नदेखाएका कारण अस्तित्व मेटिदै जान थालेको उनीहरूको गुनासो छ । डोटी राज्यको दरबार अर्थात्, मूलगढ हालको महाकाली अञ्चलअन्तर्गत डडेलधुरा जिल्लास्थित अजयमेरुमा थियो । जसलाई अद्यावधि अजैमर कोट भनिन्छ । पहिला त्यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुँदै आएकामा डोटेली राजा भूपति शाहीको शासनकालमा हालको दिपायलको पूर्वी भागतिर गनैरगौडा नामक डाँडामा राजदरबार अर्थात् कोट निर्माण हुन गई त्यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुने गरेको थियो ।

    उक्त दरबारलाई तत्कालीन समयमा अद्यावधि दिपायलकोट भनिन्थो । तत्कालीन डोटेली राजाको दरबारलाई कुनै पनि प्रयोजनमा ल्याउन नसकिएबाट दिनानुदिन जीर्ण हुन गई हाल भग्नावशेषका रूपमा छन् । डोटी राजाको मूल दरबार अजैमर कोट हिउँदको समयमा ज्यादै चिसो हुने भएकाले शीतकालीन दरबारको रूपमा दिपायलमा कोट निर्माण भई यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुने गरेको भनाइ छ । सन् १४३८ देखि सन् १४५० सम्म डोटी र कुमाउँको युद्धपछि त्रसित तत्कालीन राजा कल्याण मल्लले दिपायलकोटमा राजधानी सारेको विभिन्न शिलालेखमा उल्लेख गरेको पाइन्छ ।

    युद्धमा पराजयको कारण दीप शाही भारतको सिंगाही पसेकाले शरणमा आएका उनका भाइ विष्णु शाहीलाई गोरखालीको रजौटा बनाइयो । विष्णु शाहीपछि उनका ज्येष्ठ पुत्र पहाडी शाही (द्वितीय) रजौटा भएको भनाइ छ । रजौटा डोटेली साहेव भनिने पदमविक्रम शाहका माइला पुत्र वर्ष ७९ का विष्णु शाहीदेखि पुख्र्यौली ज्येष्ठ पुत्र रजौटाका रूपमा रहिआएको भन्ने भनाइ छ । विष्णु शाही, पहाडी शाही (द्वितीय), बलदेव शाही, सुरजंग शाह, शम्शेरबहादुर शाह, पदमविक्रम शाह, मोहनविक्रम शाह । यस प्रकार विसं २०१८ मा ‘राज्य रजौटा’ ऐन जारी भएपछि यहाँको रजौटा समाप्त हुन गएको भन्ने थियो ।

    तत्कालीन अन्तिम रजौटाका रूपमा मोहनविक्रम शाह थिए । विसं २०१८ देखि रजौटा प्रथाको अन्त्य भए पनि डोटीको दिपायल राजपुरस्थित शाह खलकमा पुख्र्याैली ज्येष्ठ पुत्रलाई आदरपूर्वक सम्मान दिइनुका साथै बडादशैँमा घरपरिवारका साथै खलकका बाल वयोवृद्ध सबैले उनका हातबाट टीका ग्रहण गर्ने र उनले पनि पारिवारिक तथा खलकको रीतिरिवाजको परिधिमा रहनुपर्ने र जसको अनुशरण नगरेमा खलक तथा परिवारले सम्मान नदिने प्रचलन अहिलेसम्म कायमै रहेको स्थानीय बुढापाका बताउँछन् ।

    नेपाल एकीकरणपूर्व डोटी राज्यको राजधानी गोर्खालीबाट परास्त भएपछि अर्थात् नेपाल एकीकरणपछि गोर्खालीको शक्तिसञ्चय तथा प्रशासकीय केन्द्रका रूपमा डोटी मोहडा गौडाको केन्द्र, विसं २०१८ मा नेपाल अधिराज्यको राजनीतिक विभाजनअनुरूप डोटी जिल्लाको सदरमुकाम र विसं २०३८ मा सुदूरपश्चिम विकास क्षेत्रको (सेती– महाकाली) विकास केन्द्रद्वारा प्रतिष्ठित हुँदै आएको हालको दिपायल सिलगढी नगर क्षेत्रले विसं २०३८ मा नगरपालिकामा परिणत भएको भन्ने स्थानीयवासीको भनाइ छ । त्यस्तै दिपायल सिलगढी नगरपालिका–६ नाचन्थलीमा रहेको राणाकालीन दरबारको उचित संरक्षण नगरिँदा भत्किन थालेको छ । जिल्लाको ‘मल्लो ढोका’ भनेर चिनिने यो दरबार उचित संरक्षण अभावमा भग्नावशेषमा परिणत हुँदैछ ।

    राणा शासनकालमा हाल जिल्ला प्रशासन कार्यालय रहेको ठाउँलाई ‘तल्लो ढोका’ भन्ने गरिन्थ्यो भने ‘मल्लो ढोका’ दरबार बडाहाकिमको निवासका रूपमा प्रयोग हुने भएको थियो । करिब ४० कोठाको यो दरबार संरक्षण अभावमा भत्किन थालेको छ । मल्लो ढोका वरिपरि कोत गार्ड, सुसारे निवास, मनोरञ्जन घर, पूजाघर निर्माण भएका छन् । ती घर पनि भत्किन थालेका छन् । बहादुरशम्शेर राणा बडाहाकिम भएका बेला उक्त दरबार स्थानीय व्यक्तिलाई बिक्री गरिएको थियो । यो कहिले बिक्री भयो भन्ने पत्ता लाग्न सकेन, तर बहादुरशम्शेर विसं १९९० को दशकमा डोटी गौंडामा भएको यहाँका बुढापाका बताउँछन् ।

    करिब ४६ रोपनी जमिन त्यतिबेला रु १० हजारमा सिलगढीका सुरत श्रेष्ठलाई बिक्री गरेको भन्ने सुनेको स्थानीयवासी सिद्धराज श्रेष्ठ जानकारी दिए ।

  • subhayug
  • डोटी
  • दिपायल
  • सिलगढी
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सर्वोच्चको फैसलाले हाम्रो हार भयो : महासचिव विष्णु पौडेल

  • सर्वोच्चवाट अनेपक्षित फैसला आयो : प्रचण्ड

  • नेकपा नाम विवाद : सर्वोच्चद्धारा ओली प्रचण्डको नेकपा खारेज , अन्तत ऋषि कट्टेलले जिते मुद्दा

  • काठमाण्डौ मेयर कप : एपीएफलाई २५९ रनको प्रतिस्पर्धात्मक लक्ष्य


  • समाचार
  • १

    सर्वोच्चको फैसलाले हाम्रो हार भयो : महासचिव विष्णु पौडेल
    ११ घण्टा अघि

  • २

    सर्वोच्चवाट अनेपक्षित फैसला आयो : प्रचण्ड
    ११ घण्टा अघि

  • ३

    नेकपा नाम विवाद : सर्वोच्चद्धारा ओली प्रचण्डको नेकपा खारेज , अन्तत ऋषि कट्टेलले जिते मुद्दा
    १४ घण्टा अघि

  • ४

    काठमाण्डौ मेयर कप : एपीएफलाई २५९ रनको प्रतिस्पर्धात्मक लक्ष्य
    १४ घण्टा अघि

  • ५

    सरकारमा जाने – नजाने महत्वपूर्ण कुरा होइन : धर्मेन्द्र बास्तोला
    १५ घण्टा अघि

  • ६

    प्रधानमन्त्री ओलीविरुद्वको अविश्वासको प्रस्ताव अघि नबढ्ने : एकपटक स्वःस्फुर्त राजिनामाको अवसर दिईने
    १५ घण्टा अघि

  • ७

    आजको प्रतिनिधिसभा बैठकले शोक प्रस्ताव मात्रै पारित गर्ने
    १५ घण्टा अघि

  • ८

    नेकपाको नाम विवाद : सर्वोच्चले आज फैसला सुनाउँदै
    १५ घण्टा अघि

  • ९

    नेकपाका अध्यक्षद्धय प्रचण्ड र माधवद्धारा सभामुखसंग भेटघाट
    १५ घण्टा अघि

  • १०

    ओली समूहको संसदीय दलको बैठक सम्पन्न : बहुमत सांसद उपस्थित भएको दाबी
    १ दिन अघि

  • सुभयुग प्रभावसबै
    alif photo
    १ महिना अघि

    भाईरल लोकगायक अलिफ खानको संघर्ष : सडकमा सुतेको दिन सम्झेर यसरी रोए (भिडियोसहित)

    सामाजिक सञ्जालबाट
    १

    येल शेल्बियालाई संसारकै सुन्दर युवतीको उपाधि

    येल विलासी
    २

    दक्षिण कोरियामा गुमाए १० लाखले रोजगारी

    दक्षिण कोरिया
    ३

    पेट्रोलियम पदार्थ बोकेको ट्यांकर र बस ठोक्किएर आगलागी हुँदा ५३ को मृत्यु २९ गम्भीर घाइते

    subhayug
    ४

    अमेरिकामा सांसद नै असुरक्षित : ट्रम्पविरुद्ध मतदान गर्ने सांसदमाथी ‘सुरक्षा खतरा’

    subhayug
    Shubhayug Logo

    www.subhayug.com

    True Solutions Media And Company Pvt. Ltd.
    द्वारा संचालित

    शुभयुगडट कम का लागि

    झम्सिखेल ललितपुर, नेपाल

    ईमेल: subhayugnews@gmail.com

    साईट मेनु

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy Policy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution