२०७७ फागुन २३, आईतबार

७ फागुन, काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा शुक्रबारबाट बहस सकिएको छ ।
शुक्रबार एमिकस क्युरी गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दामा बहस सकिएको हो । बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन बुझाउन मिति तोकेका थिए ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गरेका कानून व्यवसायीहरुको लिखित वहस नोट भने अदालतलाई बुझाएका छन् ।
प्रधानमन्त्रीको तर्फबाट बहस गर्ने ८५ जना कानून व्यवसायीको ६७ पृष्ठ लामो बहस नोटमा प्रतिनिधिसभा विघटन संवैधानिक हो भन्ने आधारहरूलाई तथ्यसहित पुष्टि गर्न खोजिएको छ।
True Solutions Media And Company Pvt. Ltd.
द्वारा संचालित
शुभयुगडट कम का लागि
झम्सिखेल ललितपुर, नेपाल
ईमेल: subhayugnews@gmail.com