७ फागुन, काठमाडौं – पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रको रक्षा गर्न नसकेको दाबी गरेका छन् ।
शुक्रबार जनकपुरधाममा नेपाली कांग्रेसका नेता डा. शोभाकर पराजुलीद्वारा लिखित पुस्तकको विमोचन कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले प्रधानमन्त्री ओलीकै कारण लोकतन्त्र संकटमा परेको र अहिलेको अवस्थामा लोकतन्त्रमा ग्रहण नै लागीसकेको टिप्पणी गरेका हुन्।
प्रधानमन्त्रीले संसद बिघटनको सिफारिस गरेपछि राष्ट्रपतिले दलभित्रको विवादले संसद विघटन गर्न नहुने भन्दै रोक्नुपर्ने डा. यादवले बताए । उनले भने, ‘प्रधानमन्त्रीजीले संसद विघटन गर्नुपर्ने कुनै धारा नै उल्लेख नगरी राष्ट्रपति समक्ष पठाए र उहाँले केही घण्टामै त्यसलाई सदर गर्नुभो,’ उनले भने, ‘संविधानको रक्षा गर्ने काम उहाँको थियो। त्यस सिफारिसलाई रोकेर सबै पक्षलाई बुझाउनु पर्ने थियो तर त्यस्तो गर्नु भएन।’
उनले संविधान जारी गर्ने बेला आफूले तराई–मधेश, हिमाल, पहाडलाई मिलाउन खोजेको भन्दै अहिले त्यसलाई विखण्डन गर्न खोजिएको आरोप समेत लगाए। लोकतन्त्रमा फेरि एक पटक ग्रहण लागेको बताउँदै उनले लोकतन्त्रलाई बचाउन सबैले भूमिका खेल्नुपर्ने बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar