६ फागुन,काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री केपी शर्मा ओलीको भन्दा गर्बिलो ईतिहाँस बोकेका नेता हुन् राजेन्द्र प्रसाद पाण्डे ।
पुर्व स्थानिय बिकासमन्त्री समेत रहेका नेकपाको तात्कालिन् पोलिटव्युरो सदस्य पाण्डेको अगुवाईमा विश्वकै पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको योगदानलाई चिरस्थायी गर्ने उद्देश्यले मेडिकल कलेज स्थापना सेवामुलक ढंगबाट हस्पिटल संचालन भएको छ।
त्यस्तै पाण्डे विगतदेखी नै गरिव र निम्नबर्गका समुदायमाथी शैक्षिक र स्वास्थ्यमा पहुँच पुर्याउन कम्मर कसेर लागेका छन् । विगतमा तात्कालिन नेकपा मालेले गरेको झापा आन्दोलनपछि हालका प्रधानमन्त्री केपी ओली जेल बस्दा संगै जेलबसेका नेता पाण्डेले विगतदेखी नै ओलीको गलत कार्यशैलीप्रति भने औँला उठाउने गरेका थिए । त्यस्तै गत पुष ५ गते प्रधानमन्त्री ओलीले गरेको संसद विघटनप्रति त नेता पाण्डेले ओलीले पार्टी फुटाउने प्रयास गरेको भन्दै उनको कडा आलोचना नै गरे । त्यस्तै संसद विघटन र प्रधानमन्त्री ओलीका गलत कदमविरुद्ध पनि पाण्डे खरो रुपमा उत्रिय ।
विगतमा तात्कालिन् नेकपा एमालेको ९औं महाधिबेशनमा माधव कुमार नेपाल पक्षबाट पार्टीको उपाध्यक्षमा प्रतिष्पर्धा गरी झिनो मतले मात्र पराजित् बनेका नेता पाण्डे हाल प्रचण्ड – माधव समुहमामा छन् । त्यस्तै हाल उनी नेकपा स्थाई कमिटी सदस्य हुने लाईनमा छन् । पछिल्लो समय राजनितीसंगै उनि मनमोहन अस्पताललाई नेपाल सरकारबाट सम्बन्धन दिलाउन कम्मर कसेर लागेका छन् । अस्पतालप्रतिको पाण्डेको लगानी, मिहेनेत र खटाईका कारण पाण्डेमाथी आम नागरिकको बिश्वास समेत छ ।
त्यस्तै हाल उक्त अस्पताल संचालन गर्ने सहकारी नेपाल स्वास्थ्य सहकारी संस्थाको साधारण सभामा समेत अधिकांश शेयर सदस्यहरुले पुनः पाण्डेलाईनै अध्यक्षको रुपमा खोजेका छन् । आगामी दिनमा सदस्य मात्रको जिम्मेवारीमा बस्न चाहेका पाण्डेमाथी आम शेयर सदस्यहरुले भने पुनः अध्यक्षको रुपमा खोजेपछि उनी पुनः एकपटक अध्यक्ष बन्न तयार भएका छन् । गत केहि दिनअघी सम्पन्न भएको सहकारीको साधारणसभाको बन्दसत्र भने केहि दिनलाई स्थगित गरिएको छ ।
उता शेयरसदस्यहरुले नै पुनः पाण्डेलाई अध्यक्ष बन्नुपर्ने र हाल उमेद्धारको रुपमा देखिएकाहरुले पनी सर्वसम्मत रुपमा नेता पाण्डेलाई अध्यक्ष बनाउनुपर्ने आकांक्षा राखेपछि अहिले पाण्डे पुनः अध्यक्षका रुपमा खडा हुन तयार भएका छन् । त्यस्तै अहिले स्तगित भएको साधारणसभा समेत केहिदिनमै सर्वसम्मत रुपमा पाण्डेलाईनै पुनः अध्यक्ष घोषणा गर्नेगरी बन्दसत्र संचालन हुने तयारी रहेको अध्यक्ष पदका उमेद्धवार मध्येका एकले बताए ।
पुर्व एमाले, पुर्व माओवादी र नेपाली कांग्रेस निकटका अधिकांश शेयर सदस्यहरूले अध्यक्षको रुपमा पाण्डेलाई चाहेपनि नेकपा ओली निकटका सदस्यहरुले भने पाण्डेलाई असहयोग गर्ने तयारी गरेका छन् । त्यस्तै सहकारीको अध्यक्ष पदमा गणेश सिंखडा, सुवर्ण मल्ल र रामकुमार गिरीले तयारी गरेका छन । तर उनीहरुले पनि पाण्डेलाइनै पुन अध्यक्ष छोडन परे तयार रहेको बताएका छन् । यद्धपी पुन: पाण्डे नै अध्यक्ष पदमा निर्वाचित् हुने निस्चित् भएपछि नेकपा ओली समुह निकटका शेयर सदस्यहरुले भने पाण्डेविरुद्ध मिथ्या आरोप लगाउन थालेका छन् ।
उता नेकपा ओली समुह निकटका शेयर सदस्यहरुले पाण्डेविरुद्ध मिथ्या आरोप लगाउने प्रयास गरेपछी पाण्डे निकटका शेयर सदस्यहरुले भने नेकपा नेता राजेन्द्र पाण्डेमाथीको मिथ्या लान्छनाले उनकोे रौँपनि नहल्लिने बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar