५ फागुन, सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्वर २ बुङगाथलीमा सरका अवस्थित गोल्मा राजा आधारभूत विद्यालयमा पोशाक वितरण गरिएको छ ।
विद्यालय प्राङगाण वरिपरि घेरावार लगाउने कामबाट नाफा भएको पैसाले विद्यार्थीलाई ८० जोडी पोशाकवितरण गरिएको हो । जाडोको समयमा चिसो धेरै हुने भएकाले र सबै बालबालिकालाई नियमित विद्यालय उपस्थित गराउनको लागी पोशाक वितरण गरिएको विद्यालयका प्रध्यानध्यापक विष्णु प्रसाद तिम्लसिनाले जानकारी दिनुभयो ।
सरकारी विद्यालयको पढा्ई कमजोर हुन्छ भन्ने धेरैको धारणा भएपनि अहिले सरकारी विद्यालयको शिक्षामा सुधार आएको छ । गुणस्तरीय शिक्षा बालबालिकाका लागी अपरिहहार्य छ । शिक्षामा सुधार भए मात्र समाज परिवर्तन हुने र बालबालिकाको देश परिवर्तन र निर्माणमा अहम भूमिका रहने पूर्व विद्यार्थी एवम समाज सेवी गेहेन्द्र गुरुङले बताउनु भएको थियो । साथै उहाँले सरस्वती पुजाको अवसर पारेर पोशाक हस्तान्तरण गर्नु भएको हो । प्राविधिक शिक्षालाई जोड दिदै विद्यालयमा कम्प्युटर पनि सिकाईन्छ ।
विद्यालयको शिक्षामा गुणस्तरीयता कायम गर्नको लागी आफुले ३ महिना देखि निशुल्क अध्यापन गराई रहेको गुरुङले जानकारी दिनुभयो । आफु पनि सोही विद्यालयमा अध्ययन गरेको हुनाले शिक्षालाई गुणात्मक तरिकाले लैजाने र दक्ष शिक्षक शिक्षिकाको अभावमा विद्यालयको पढाइ गुणस्तरीय र प्रभावकारी नभएको उहाँले जिकीर गर्नु भयो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar