२ फागुन,काठमाण्डौं – भन्सार विभागले जाँचपासका सबै काम अनलाइन मार्फत गर्ने तयारीलाई आफनो ५ बर्षे योजनामा समावेश गरेको छ ।
अहिलेसम्म ४ वर्षे रणनीतिक योजना बनाएर कार्य सम्पादन गर्दै आएको विभागले अब भने ५ वर्षे योजना बनाउन लागेको हो । विभागले २०७८ देखि २०८३ सम्म लागू हुने गरी यो ५ वर्षे योजना बनाएर भन्सार प्रशासनको आधुनीकिकरण गर्ने समेत बताएको छ ।
विभागले ५ वर्षे योजनाको खाका तयार पािरसकेको, अबको ५ वर्षमा भन्सार जाँचपासका सम्पूर्ण काम अनलाइनमार्फत गर्ने पनि योजनामा रहेको छ ।उक्त अवधिसम्म ९० प्रतिशत राजस्व संकलन गर्ने भन्सार कार्यालयमा दाखिला भई छनोट भएका प्रज्ञापनपत्रमध्ये कम्तीमा ९५ प्रतिशत प्रज्ञापनपत्र केन्द्रीय अनुगमन इकाईबाट अनुगमन गर्ने व्यवस्था मिलाउने योजना विभाले रहेको छ । जोखिमको आधारमा शुन्य दशमलब २५ प्रतिशत प्रज्ञापपत्रको जाँचपास पछिको परीक्षण हुने अवधारणा पत्रमा उल्लेख गरिएको छ ।
यो अवधिसम्म ५ वटा मुख्य भन्सार कार्यालयमा प्रयोगशाला परीक्षणको कार्य एउटै छानामुनी आवद्ध गर्ने योजना विभागले अघि सारेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालय र एकीकृत जाँच चौकीहरूमा एक्स रे सहित अत्याधुनिक उपकरण जडान गर्ने पनि विभागको योजना रहेको छ । देशभर सञ्चालन हुने भन्सार कार्यालयको भवन र अवस्थितिमा एकरुपता हुने गरी डिजाइन गर्ने विभागले योजना बनाएको छ ।
यो सँगै कर्मचारीहरूको क्षमता विकास योजना तयार गरी भन्सार सम्बद्ध ८० प्रतिशत जनशक्तिलाई भन्सार प्रमुख कार्यगत क्षेत्रको तालिम दिइने योजनामा समावेश छ । विभागले शनिबार ५ वर्षे योजनाको विषयमा छलफल गरेर अवधारणापत्रलाई मुर्त रुप दिने भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताएका छन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar