२ फागुन,काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहले अर्को चरणको फरक आन्दोलनका कार्यक्रमको घोषणा गर्दैछ ।
प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको उक्त समूहले आईतबार दिउँसो पत्रकार सम्मलेन मार्फत अर्को चरणको आन्दोलनको घोषणा गर्न लागेको हो । त्यसका लागि दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा पत्रकार सम्मलेनको आयोजना गरिएको प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराईले जानकारी दिए । अहिले आन्दोलनका थप रणनीतिबारे शीर्ष नेतृत्वबीच छलफल भइरहेको पनि उनले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिएसँगै नेकपा विभाजित बनेको छ । ओली समूह तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले एकअर्कोको चर्को आलोचना गर्दै आएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar