परामर्श र सुझावका लागि निर्वाचन आयोगले दलहरूलाई बोलायो
२ फागुन,काठमाण्डौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०७७ को मस्यौदा तयार पारेको छ ।
आयोगले चुनावमा राजनीतिक दल र उमेदवारले बैंक खाताबाट मात्रै खर्च गर्नुपर्ने प्रावधानसहितको मस्यौदा तयार पारेको हो । मस्यौदामा दलको विधानबमोजिम आधिकारिक प्रतिनिधिद्वारा खर्च गर्नुपर्ने, आयोगले तोकेकोभन्दा बढी खर्च गर्न नपाउने, खाता सञ्चालन तथा निर्वाचन खर्चको कारोबार पारदर्शी हुनुपर्ने प्रस्ताव गरिएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै उम्मेदवार वा राजनीतिक दलको सदस्यको निजी जीवनलाई असर पर्ने गरी आलोचना गर्न नपाइले उल्लेख छ । आचारसंहिताको मस्यौदामा निर्वाचन अधिकृत, अनुगमन टोली, मतदाता अधिकृतले आचारसंहिता पालना गर्नुपर्ने उल्लेख छ । राजनीतिक दलहरुसँगको परामर्शपछि निर्वाचन आचारसंहिता सकभर यो महिनाको दोस्रो साताबाट लागू गर्ने आयोगको तयारी छ ।
दलसँगको छलफल आज
आयोगले निर्वाचन आचारसंहिताको विषयमा आज राजनीतिक दलसँग छलफल गर्दैछ ।
आचारसंहिताको मस्यौदा तयार पारिसकेको आयोगले दलहरुसँग परामर्श गर्दै सुझाव लिन लागेको हो । त्यसको लागि बिहान ११ बजे संघीय संसद्, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दललाई निर्वाचन आयोगमा बोलाइएको प्रवक्ता श्रेष्ठले बताए । उनका अनुसार परामर्शका लागि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै पार्टीका अध्यक्ष तथा सभापतिहरुलाई बोलाएको छ ।
दलहरूको सुझावपछि आचारसंहिताबारे थप निर्णय गर्ने उनको भनाई छ । आयोगले दुई दिनअघि नै दलहरुलाई अध्ययनका लागि मस्यौदाको कपि पठाइसकेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति तोकेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar