२ फागुन,तेह्रथुम – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा ओली समुह)का स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सुशासन,समृद्धि र विकासमा अवरोध भएपछि संसद् र पार्टी पुनर्गठन गर्नु बाध्यता भएको बताएका छन् ।
शनिबार, नेकपा ओली समुहद्धारा तेह्रथुममा आयोजित् जिल्ला तहका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन् । उनले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्वाटर बनाएर चार / पाँच जना भेला गरी गुटको राजनीति गर्दै पार्टीमा सङ्कटको बिजारोपण गरेको समेत आरोप लगाए । सरकारले करिब तीन वर्षको अवधिमा सुशासन, विकास र समृद्धिका आधार तयार पार्ने कामको थालनी गरे पनि प्रचण्ड पक्षले असहयोग र प्रतिनिधिसभामा गरेको अवरोधले काम गर्न बाधा आएकाले यी संस्थाको पुनर्गठन गर्नुपरेको मन्त्री ज्ञावलीले जिकिर गरे ।
कार्यक्रममा बोल्दै मन्त्री ज्ञावलीले आफूहरुले पार्टी विभाजनको कुनै पनि काम नगरेको तथा पार्टीमा विवाद आउनुमा प्रचण्डको प्रमुख भूमिका रहेकोसमेत बताए । पार्टी सरकार सञ्चालन गर्ने अवस्थामा जतिजति बेला पुग्छ, त्यतित्यतिबेला अवसर लिन दौडिने समूहले प्रधानमन्त्री र सरकारलाई चौतर्फी घेराबन्दी गरी विकासका गतिविधि अगाडि बढाउन नदिएका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको उनको भनाइ छ । यसैगरी नेकपा केन्द्रीय सदस्य विजय सुब्बाले भने राष्ट्रवादी प्रधानमन्त्रीलाई किन मन नपराएको भन्दै प्रश्न गरेका थिए ।
बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीजस्तो राष्ट्रवादी नेतालाई मन नपराएको देख्दा आफू अचम्ममा परेको उनको भनाइ थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar