सरकारको कार्यक्रमको विरोध गरेको भन्दै गाँउपालिका अध्यक्षद्धारा तथानाम गाली गर्दै तलव रोक्का गरिदिने धम्कि
१ फागुन,दोलखा – गत माघ २३ गते विवादित नेपाल कम्युनिष्ट पार्टी नेकपा केपी शर्मा ओली समुहले काठमाण्डौंमा सत्ता टिकाउनाका लागी आमसभा गरेको थियो । उक्त आमसभामा केन्द्र सरकार र स्थानिय तहका ओली निकटका सरकार प्रमुखहरुले राज्यको ढुकुटीको ब्रम्हलुट गर्दै आएकोसमेत खुलाशा भएको छ ।
त्यस्तै उक्त आमशभाकै लागी दोलखाको एक स्थानिय तहले त उक्त शभामा गरेको बस रिर्जभ भाडा वापतको रकम निकाशाका लागी किर्ते विल पास गर्न प्रमुख प्रशासकिय अधिकृतलाई धम्कीसहितको चेतावनी नै दिएको पाईएको छ । ओली पक्षले माघ २३ गते काठमाडौंमा आयोजना गरेको सभामा कार्यकर्ता लिएर गएको बसको ‘रिजर्भ’ भाडा भुक्तानी गर्न नमानेपछि जिल्लास्थित एक गाउँपालिकाका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिका छाडेर जान धम्की दिँदै कार्यालय भित्रै दुर्व्यवहार गरेका छन् ।
ओली पक्षको सभाका लागी कार्यकर्ता बोकेर ‘रिजर्भ’ लगिएको बस भाडा गाउँपालिका कार्यालय मार्फत भुक्तानी गर्न नमानेपछि जिल्लाको दक्षिणी शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद शाहलाई कार्यालय भित्रै हातपात प्रयास गरी गाउँपालिका छाडेर जानु भन्दै धम्क्याएका हुन्।
अध्यक्षको धम्की र मानसिक यातना पछि प्रमुख प्रशासकीय अधिकृत शाहले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटी समक्ष उजुरी दिएका छन्। उजुरीमा शाहले आफुमाथी कार्यालय समय भित्रै अध्यक्षबाट दुव्र्यवहार भएको, मानसिक रुपमा पटक पटक यातना दिएको र काम गर्ने वातावरण नभएको उनले उल्लेख गरेका छन्।
स्रोतका अनुसार शाह समक्ष अध्यक्ष दुलालले ओली पक्षको सभामा लगिएको बस भाडा तिर्न र गाउँपालिकामा आयोजना भएको खेलकुद प्रतियोगिताका रेफ्रीलाई दैनिक ८ हजारका दरले भत्ता पाउने गरी पेश भएको भुक्तानीको कागजात अगाडी बढाउन दबाब दिएका थिए। प्रमुख प्रशासकीय अधिकृत शाहले बसको गाडी भाडा वापतको रकम भुक्तानी गर्न कार्यालयमा चन्दा शिर्षक नभएको र रेफ्रीलाई दैनिक ८ हजार रुपैंया भत्ता दिन नियमले नमिल्ने भन्दै आनाकानी गरेका थिए।
‘करिब ८० हजार हाराहारीमा बस भाडाको प्रस्ताव र खेलकुद प्रतियोगिताको करिब २ लाख बराबरको बिल भर्पाई पेश भएकोमा हाकीम साप ले १ लाखको बिल नमिलेको भन्दै भुक्तानी दिन आनाकानी गर्नुभयो’ एक कर्मचारीले भने – ‘त्यस पछि उहाँहरु बिच द्धन्द बढ्दै जादा कार्यालय हाता भित्रै धम्की सहित दुव्र्यवहार सम्मको स्थिती बनेको हो’।
ती कर्मचारीका अनुसार अध्यक्ष दुलालले आफुलाई यस अघि समेत पटक पटक मानसिक दबाब दिदै आएका कारण आफु सरुवा मागेर जाने मनस्थितीमा रहेको शाहले कर्मचारीलाई सुनाउने गरेका थिए। यता शाहले भने कुनै प्रतिक्रिया दिन मानेनन्। ‘मानसिक यातना र दुव्र्यवहार सहन सकिन, त्यसैले हामी सबै कर्मचारीका अभिभावक सिडिओलाई उजुरी दिएको छु’ उनले भने – अहिले मेरो भन्नु केही छैन’।
गाउँपालिका अध्यक्ष दुलाले भने आफुले बस भाडा तिर्न भनेर कुनै दबाब र धम्की नदिएको दाबी गरे। ‘अलि अलि भनाभन भएको हो, तर बस भाडा तिर्न दबाब दिएको होईन’ उनले भने। आफु र वडाध्यक्षहरु सहित गाउँपालिकाका जनप्रतिनिधिले पैसा उठाएर बस रिजर्भ लगेको उनले बताए। दुलालले गाउँपालिकाको दैनिक काम कार्बाहीमा प्रशासकीय अधिकृत शाहका कारण उल्टो समस्या भएको उनले बताए। ‘जिल्ला प्रशासन कार्यालय र माथिल्लो निकायमा उनका कारण गाउँपालिकाको दैनिक कार्य सञ्चालनमा समस्या परेको कुरा जानकारी गराईसकेको छु’ उनले भने।
शैलुङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत यस अघि समेत अध्यक्ष संगको टकरावका कारण छोटो समयमा सरुवा हुँदै आएका थिए। शाह सहित ५ जना अधिकृत मध्ये ४ जनाले ६ महिना भन्दा बढी समय नबिताई सरुवा भएर फर्किएको गाउँपालिकाका एक कर्मचारी बताए। प्रमुख जिल्ला अधिकारी शिवाकोटीले शाहको उजुरी परेको बताए । ‘हिजो आएर अध्यक्षले समेत शाहका कारण काम गर्न नसकेको भन्दै मौखिक उजुरी गर्नुभएको छ’, उनले भने, ‘दुवै पक्षलाई राखेर छलफल गर्ने तयारीमा छौं’।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar