१ फागुन,काठमाण्डौं – गृहमन्त्री रामबहादुर थापाले जनयुद्ध नेपालमा गणतन्त्र स्थापनाको ठूलो पाठशाला भएको बताएका छन् ।
जनयुद्धको आधारमा टेकेर नै मुलुकमा गणतन्त्र स्थापना भएको जिकिर गर्दै उनले नेपालको जनक्रान्ति र गणतन्त्र स्थापनाका लागि जनयुद्धको महत्वपूर्ण योगदानलाई भुल्न नहुनेमा जोड दिए । राजधानीमा २६औँ जनयुद्ध दिवसका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले जनतालाई जागरण दिन सफल अभियानका रूपमा जनयुद्धलाई लिनुपर्ने उल्लेख गरे ।
गृहमन्त्री थापाले भने, ‘जनयुद्ध उत्पादनकर्ता पनि थियो, यसले लाखौँ युवालाई क्रान्तिका निम्ति तयार पार्यो, यो एउटा ठूलो पाठशाला थियो, जसले देशलाई नेतृत्व गर्ने नेता कार्यकर्ता उत्पादन गर्यो ।’ जनयुद्धलाई एकतर्फबाट मात्रै बुझन् नहुनेमा जोड दिँदै उनले विभिन्न कोणबाट बुझन्पर्ने सुझाव दिए । उनले नेपालको जनक्रान्तिमा निर्णायक भूमिका जनयुद्धको रहेको तर त्यसअघिका धेरै जनवादी क्रान्ति असफल भएको जिकिर गरे ।
विसं २००७ मा नेपाली कांग्रेसको नेतृत्वमा सशस्त्र आन्दोलन गरेर राणा शासनलाई विस्थापित गरेको भए पनि जनवादी क्रान्तिलाई पूर्णता दिन नसकेको र पछि धेरै वामपन्थी शक्तिले गरेको प्रयास पनि असफल भएको मन्त्री थापाले बताए । उनले तत्कालीन राजनीतिक दलले जनआन्दोलनबाट नै लोकतान्त्रिक क्रान्ति पूरा गर्न सकिन्छ भनेर विसं २०३६ र २०४६ मा गरेको प्रयाससमेत सफल हुन नसकेको जिकिर गरे । ती आन्दोलनको उपलब्धि भने भएको उनको विचार थियो ।
विसं २०४६ को आन्दोलनपश्चात गणतन्त्र स्थापनाका लागि ठूलो बहस भएसँगै नेकपा माओवादी सङ्गठनको जन्म भएको र त्यसले जनवादी विचारलाई प्रयोगतर्फ लगेको उनले बताए । त्यसपछि वर्गसंघर्षको निष्कर्षका साथ विसं २०५२ फागुन १ गते सशस्त्र संघर्ष सुरु गरेको उनले जानकारी दिए ।
शान्तिपूर्ण र संघर्षात्मक रूपलाई संयोजन गरेर आन्दोलन सुरु भएको र त्यसैको प्रतिफल विसं २०६२–६३ का आन्दोलनले गणतन्त्र ल्याएको उनले बताए । उनले जनयुद्धका नाममा प्राण आहुति दिने शहीदप्रति श्रद्धाञ्जलि र बेपत्ताप्रति सम्मान प्रदान गर्दै घाइते तथा अपाङ्गता भएकाको स्वास्थ्यलाभको कामना गरे ।
हिजोबाट परिस्थिति फरक भएको र समाजवादी क्रान्तितर्फ मुलुक अघि बढेको उल्लेख गर्दै मन्त्री थापाले त्यसको नेतृत्व जनताले राजनीतिक नेतालाई दिएको बताए । अब समाजवादी क्रान्तिका लागि सशस्त्र स्वरुपको अभ्यास गर्नु जरुरी नरहेकाले शान्तिपूर्ण तवरबाट समाजवादी क्रान्ति अघि बढाउनु जरुरी रहेको उनले बताए । उनले यसमा प्रतिक्रियावादी वर्गले प्रतिरोध गर्नैतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar