१ फागुन,काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थाई कमिटी सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीभित्रकै एउटा समुहका कारण बृद्धभत्ता ५ हजार पुर्याउन नसकेको बताएका छन् ।
शनिबार, ओखलढुगांमा नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहद्धारा आयोजित् जनसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले प्रचण्ड र माधव नेपालप्रति कटाक्ष गर्दै उनिहरुकै कारण बृद्धभत्ता ५ हजार पुर्याउन नसकेको बताएका हुन् । उनले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक रु पाँच हजार दिने बताए ।
गत आर्थिक वर्षबाटै सामाजिक सुरक्षा भत्तामा बढावा दिने तयारी गरिए पनि पार्टीभित्रको एउटा समूहले विरोध जनाएका कारण त्यो सम्भव नभएको भन्दै उनले आगामी दिनमा सरकारले लक्ष्य अनुसार काम गर्ने उल्लेख गरे ।
उपप्रधानमन्त्री पोखरेलले काम गर्न नदिएर सरकारलाई असफल बनाउने र मुलुकलाई पछाडि धकेल्ने प्रयास गरेकाले ताजा जनादेशमा जानु परेको बताए । विकास र समृद्धिका अभियान निरन्तर अघि बढ्ने उनको भनाइ थियो । उनले अघिल्लो निर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षरबाट उम्मेदवारी सिफारिस भएको स्मरण गर्दै विगतदेखि नै पार्टीको नेतृत्व ओलीले गरेकाले अहिले पनि ओली नेतृत्वको नेकपा नै आधिकारिक हुने बताए । सूर्य चिह्न पनि ओली नेतृत्वको नेकपाकै हुने उनले जिकिर गरे ।
खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले खानेपानीको समस्या समाधान गर्ने बताए । ओखलढुङ्गासहितका पहाडी जिल्लामा खानेपानीको अभाव देखिएकाले त्यसको समाधानमा सरकार जुटेको उनले बताए । प्रधानमन्त्रीको नेतृत्वमा मुलुकको विकास अघि बढेको जिकिर गर्दै थापाले वर्तमान सरकारको विरोध गर्नेहरु विकासका बाधक बनेको आरोप लगाए ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपाको प्रचण्ड-नेपाल समूहलाई प्राइभेट कम्पनीको सङ्ज्ञा दिए । उनले प्रचण्ड-नेपाल समूहले फोहोरी खेलमा मुलुकलाई लैजान खोजेपछि ताजा जनादेशमा जानु परेको बताए । प्रधानमन्त्रीको कदम असंवैधानिक बताउने समूह नै विधिविधानभन्दा फरक बाटोमा गएको उनले आरोप लगाए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar