२७ माघ,काठमाण्डौं – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव नेपाल समुहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीसंग नेता कार्यकर्ता नै नभएको बताएका छन् ।
मंगलबार, अखिल नेपाल शिक्षक संघको प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी ओलीसंग नेता कार्यकर्ता नै नभएको बताउँदै अव ओलीसंग
आसेपासे, हनुमान र ‘बा’ भन्नेहरु मात्रै रहेको बताएका हुन् । प्रधामन्त्री ओलीसँग नेता नै नभएको आरोप पनि उनले लगाए। ‘चोइटी गएको केपी ओलीसँग आसेपासे, हनुमान र ‘बा’ भन्नेहरु मात्रै छन्। त्यहाँ क्रान्तिकारी छैन्। त्या साइवर सेना मात्रै छन्। असल मानिसहरु सबै हामीसँग छन्,’ उनले भने। समावेशीता अझै राम्रो ढंगले कार्यन्वयन गराउन खोज्ने र खारेज गर्ने बिच अहिले द्वन्द्व देखिएको उनको भनाई थियो।
भ्रममा परेर ओली समूहमा लागेकालाई पनि आफ्नै समूहमा ल्याउनुपर्ने उनको भनाई थियो। उनीहरुलाई ओली समूहमा लागको भनेर तिरस्कार गर्न नहुने नेपालले बताए। ‘कतिपय भ्रम र अन्यौलमा रहेका मानिस उतै र कोही बिचमा पनि होलान। कित्ताकाट गर्ने होइन, उनीहरुलाई पनि प्रस्ट बनाउने काम गर्नुपर्छ,’ उनले भने। ओली भन्दा फरक शैलीमा काम गर्ने र विगतमा भएको गल्तीबारे माफी माग्ने समेत नेता नेपालले बताए।
‘हामीले बिगतमा गरेका कमी कमजोरी सच्चाउँदै श्वेतपत्र जारी गर्ने सोचेका छौं। केपीको शैली अपनाएयौं भने केपीको नयाँ अवतार मात्रै हुने छ,’ उनले भने। नेपालले ओलीको नेकपासँग कुनै साइनो नभएको तर्क गरे। उनले ओलीलाई ओली महासमूह खोल्न सुझाव पनि दिए। ’ओली महासमूह खोले हुन्छ। ‘बा’ भन्नेहरु त्यहीँ जान्छन्। सूर्य चिन्ह यहीँ हुन्छ। मुल पार्टीलाई माइनस गरेर चुनाव हुँदैन,’ नेपालले भने। ओलीले पञ्च रवैयाको पुनरावृत्ति गरेको नेपालको भनाई थियो। ओलीले २३ गतेको आमसभामा ३ लाख मानिस भनेकोमा २०–३० हजार भन्दा धेरै मानिस नआउँदा ओली निराश भएको नेपालको दावी थियो।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar