२७ माघ,काठमाण्डौं – सरकारको प्रतिगमनविरुद्ध विरोधसभाको तयारी गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव नेपाल समुहले विरोधसभाको पुर्वसंन्ध्यामा प्रचारप्रसारका लागि मार्चपास गरेको छ ।
मंगलबार साँझ नेकपा प्रचण्ड माधव नेपाल समुहले विरोधसभाको पुर्वसंन्ध्यामा प्रचारप्रसारका लागि मार्चपास गरेको हो । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलित प्रचण्ड(माधव समुहले भोलिको विरोधसभा अहिलेसम्मकै वृहत हुने दाबी गरेको छ ।
त्यसको तयारीस्वरूप नेकपा प्रचण्ड माधव नेपाल निकटका युवाहरूको समुहले ले काठमाडौंको वाल्मिकी क्याम्पस अगाडिबाट मार्चपास शुरू गरेर पुनः वाल्मिकी क्याम्पसमै आई सभामा परिणत भएका थिए ।
त्यस्तै उक्त सभालाई प्रचण्ड(माधव पक्षका स्थायी कमिटी सदस्य एवम् केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले सम्बोधन गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar