२७ माघ,बागलुङ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले देश अकल्पनीय खतराको मुखमा पुगेको बताएका छन् ।
मंगलबार, नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटि बागलुङ प्रचण्ड-नेपाल पक्षद्धारा आयोजित् अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता भुसालले प्रधानमन्त्री केपी ओलीका कारण देश अकल्पनीय खतराको मुखमा पुगेको बताएका हुन् ।
त्यस्तै नेता भुसालले संसद् विघटनले मुलुकलाई अस्थिरतामा लगेकोसमेत तर्क गरे । पूर्वकृषि मन्त्रीसमेत रहेका नेता भुसालले जनताले धेरै दुःख गरेर निर्माण गरेको संविधान घायल भएको टिप्पणी गरे ।
उनले आफू कृषिमन्त्री हुँदा सकारात्मक काम गर्न थालेको तर पूरा गर्न नसकिएको गुनासो गरे । नेता भुसालले पार्टी एकता गर्दा गरेका सम्झौता तोडिएका कारण राजनीतिक अवस्था बिग्रँदै गएको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar