२०७७ फागुन २४, सोमबार

२० माघ,काठमाडौं – गायक बन्ने सपना बोकेर १० बर्ष अघि काठमाडौं आएका लोक गायक अलिफ खानले सांगितिक क्षेत्रमा धेरै संघर्ष गर्नुपरेको बताएका छन् ।
लोक गायक खानले गित रेकर्ड गराउन काठमाडौं आँउदा सुरुमै ठगिएपछि कहिले दोहोरी साँझमा पछाडि बसेर बजाउँदै त कहिले लेवर काम गर्दै उनले संघर्ष जारी राखेको समेत बताए ।
त्यस्तै गायक खानले ४ महिनासम्म बिस्कुट र चाउचाउ खाएर मात्र बसेनन सडक पेटीमा समेत सुत्नुपरेको पनि बताए । सांगितिक जिन्दगीसंग हरेश खाएपछि बिदेश जाने सुर गरेका अलिफ खान यतिबेला एक्कासी चर्चामा छन् ।
निक्कै सुमधुर आवाजका धनी अलिफ रत्नपार्कतिर भौतारिरहँदा अनलाईन टिभी, युट्युव र मिडियाले उनलाई फेला पारेपछि आफु पछिललो समय चर्चामा आएको उनले सुनाए ।
भिडियो हेर्नुहोस्
True Solutions Media And Company Pvt. Ltd.
द्वारा संचालित
शुभयुगडट कम का लागि
झम्सिखेल ललितपुर, नेपाल
ईमेल: subhayugnews@gmail.com