२० माघ,काठमाडौं – आज (मंगलबार) सेयर बजारमा उछाल आएको छ ।
यो साताको आइतबार सामान्य करेक्सन देखिएको बजारमा सोमबार र मंगलबार भने ६५.४९ अंकले बढेर नेप्से परिसूचक हालसम्मकै उच्च २४७३.७३ विन्दुमा पुगेकाले सेयर बजारमा हरियाली छाएको छ ।
बिमा समितिमा नयाँ अध्यक्ष चयनभएसंगै नेप्से सेयर बजारमा पनि उत्साह आई लगानी कर्ताहरु सकारात्मक भएको देखिन्छ । आज ८ अर्ब ३९ करोड ४३ लाख ३४ हजार २९० रुपैयाँ बराबरको १ करोड ४९ लाख १७ हजार ३९ कित्ता सेयर खरिद बिक्री भएको छ । बजारमा उत्साह छाएको दिन होटल समूहमा गिरावट आएको छ । होटल समूह आज ६२.०८ अंकले घटेको छ । बाँकी अरु समूहमा भने हरियाली छाएको छ । आज निर्जीवन बीमा समूह ६२६.२ अंक र जीवन बीमा समूह ५८४.२४ अंकले बढेको हुन् ।
मंगलबार यूनाईटेड इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । एकै दिन ९ प्रतिशतभन्दा बढी मूल्य वृद्धि हुने १७ कम्पनीमा अधिकांश बीमा कम्पनीहरु रहेका छन् । आज सबैभन्दा बढी ओरिन्टल होटल्स लिमिटेडका शेयरधनीहरुले सबैभन्दा बढी ४.१५ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ । पुनर्बीमा कम्पनीको ५८ करोड ५६ लाख ९८ हजार ५ सय १८ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar