१६ माघ,काठमाडौं – कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन तोकिएकै समयमा हुने ठोकुवा गरेका छन् ।
शुक्रबार, काठमाडौंमा नेकपा महानगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन तोकिएको मितीबाट एक दिन पनि पर नसर्ने ठोकुवा गरेका हुन् । ‘निर्वाचन सर्छ भन्ने हल्ला चलाएका छन् । म भन् चाहान्छु निर्वाचन एक दिन पनि पर सर्दैन । तोकिएकै समयमा हुन्छ’ उनले भने ।
ओलीले पराजित हुने डरले दाहाल–नेपाल पक्ष निर्वाचनबाट तर्सिएको समेत बताए । हार निश्चित हुने भएकाले दाहाल-नेपाल पक्ष निर्वाचनसँग डराएको समेत ओलीको दाबी थियो ।
अहिले दाहाल-नेपाल पक्ष अप्ठेरोमा परेको भन्दै निर्वाचनमा पनि उनीहरूको हालत खराव हुने तर्क गरे ।देशलाई सांसद् किनबेचको थलो बनाउन खोज्नेलाई जनताले सजाय दिने प्रधानमन्त्री ओलीले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar