१५ माघ,काठमाडौं – नेपाली काँग्रेस नेतृ एवम् सांसद डा .डिला सग्रौलाले प्रधानमन्त्री ओलीको अलोकतान्त्रिक कदमका बिरुद्ध काँग्रेसले व्यापक सडक संर्घष गर्ने बताएकी छिन् ।
हेडलाईन नेपालको कार्यक्रम हेडलाईन विशेषसंगको कुराकानीका क्रममा गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध नेपाली काँग्रेसले व्यापक सडक आन्दोलन गर्ने बताएकी हुन् । पछिल्लो संविधानमा संसद विघटन गर्ने अधिकारै नहुँदासमेत बर्तमान प्रधानमन्त्रीले संविधानलाई कुल्चिएर, संसद विघटन गरेकाले त्यस्तो अलोकतान्त्रिक कदम विरुद्ध जनदवाव दिनका लागी सडक संर्घषलाई व्यापक बनाउन लागेको डा. सग्रौलाले बताईन् ।
त्यस्तै उनले पछिल्लो समय पार्टी सभापति शेरवहादुर देउवामाथी विवादित नेकपाका दुवै समुहले प्रलोभन देखाएको र प्रलोभनकै भरमा नेपाली काँग्रेसले सडक आन्दोलनलाई कमजोर बनाएको आरोप लागेकाले पनि त्यसको जवाफ स्वरुप सडक आन्दोलनलाई व्यापकता दिन लागेको पनि बताएकी छिन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar