१५ माघ,काठमाडौं – प्रचण्ड माधव समुहको बुटवलमा बिशाल जनसभा गर्ने भएको छ ।
बिहिबार, नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समुहले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय विरोधसभामा अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सम्बोधन गर्ने तय भएको हो ।
संसद् विघटनविरुद्धको जनसभालाई सम्बोधन गर्न उनीहरु बुटवल जान लागेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दाहाल–नेपाल समूहले बुटवलमा प्रदेशस्तरीय विरोधसभा तय गरेको छ।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधिमूलक सहभागितामा प्रदर्शनपछि विरोधसभा हुने संघर्ष समिति लुम्बिनीका संयोजक एवं नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेले बताए।
बुटवलको पुष्पलाल पार्कमा हुने सभालाई दाहाल र नेपालसहित घनश्याम भुसाल, चन्द्रप्रकाश खनाल, बर्षमान पुन, युवराज ज्ञवालीलगायत नेताहरुले सम्बोधन गर्नेछन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar