१३ माघ,दोलखा – जिल्ला समन्वय समिति दोलखाका कर्मचारीले अनुगमनका क्रममा आर्थिक अनियमितता गर्ने गरेको खुलाशा भएको छ ।
जिल्ला समन्वय समिति दोलखामा कार्यरत् कर्मचारी लक्ष्मी कार्कीले योजना अनुगमनमा भएको खर्च पेश गर्ने क्रममा अपत्यारिलो रुपमा खाना खर्च पेश गरेको र सोबापतको दिल पास भएपछि उक्त विषय बाहिर आएको हो । कर्मचारी कार्कीले गत असार ६ गते योजना अनुगमनका लागि एक दिनलाई गाडी भाडामा लिइ जिरी नगरपालिका गएकी थिइन् । त्यही दिन बेलुका फर्किएकी उनले आफु एक्लैको खानाबापतको खर्च रु.२ हजार १ सय ६० पेश गरेकी थिईन् भने जिल्ला समन्वय समितीले पनि उक्त बिल पास गरिदिएको थियो । यद्धपी कोष तथा लेखा नियन्त्रक कार्यलय कोलेनिकाले आन्तरिक लेखापरीक्षणका क्रममा यस्तो फेला पारेको हो ।
लेखापरीक्षणका क्रममा कार्कीले एकैदिनमा ८ छाकको २ सय ७० रुपैयाँका दरले २ हजार १ सय ६० रुपैयाँ भुक्तानी पाउनाका लागी समन्वय समितीमा बिल पेस गरेकी छिन् भने बिल पेसगरेलगत्तै रकम भुक्तानी समेत लिएको पाइएको कोलेनिकाका एक कर्मचारीले बताए । कोलेनिककाका कर्मचारीले हाँस्दै भने सामान्यता मान्छेले दिनमा कति पटक खान सक्ला रु बढीमा ३–४ पटक । दोलखाको एक सरकारी कार्यालका कर्मचारीले भने दिनमा ८ छाक खाँदा रहेछन् । अचम्म लाग्यो । जिल्ला समन्वय समिति दोलखाका कर्मचारी लक्ष्मी कार्की २०७७ असार ६ गते योजना अनुगमनका लागि एक दिनलाई गाडी भाडामा लिइ जिरी नगरपालिका गएकी र त्यही दिन बेलुका फर्किएकी उनले खानाबापत ८ छाकको २ सय ७० रुपैयाँका दरले २ हजार १ सय ६० रुपैयाँ भुक्तानी लिएको पाइयो उनले भने ।
त्यस्तै कोलोनिकाका कर्मचारीका अनुसार आन्तरिक लेखापरीक्षणका क्रममा यस्तो फेला परेको हो । कार्कीले यसअघि असार १ र २ गते जिरी नगरपालिकाकै योजनाको अनुगमन गरेकी थिइन् । त्यसबेलापनि उनले दुई दिनमा आफु एक्लै होटलमा बस्दा चार कोठा लिएकी थिइन् भने १० छाक खाना खाएको देखाएकी थिइन् । त्यसबापत पनि रु.९ हजार रुपैयाँ भुक्तानी लिएको पाइएको छ । त्यस्तै कार्कीले गत २०७७ असार ३ गते तामाकोसी गाउँपालिकामा दुई दिन अनुगमन गर्दा पनि उसैगरी नै चार कोठा र १० छाकको बिल पेस गरेकी थिईन् ।
त्यस्तै, समन्वय समितिका कर्मचारी रविन पाण्डेले पनि २०७७ असार २ र ३ गते कालिञ्चोक गाउँपालिका अन्तरगतका योजना अनुगमन गरेको र उनले पनि दुई दिनमा होटलका चार कोठा भाडामा लिएको खुलाशा भएको छ । पाण्डेले पनि १० छाक खाना खाएको बिल बनाएका थिए भने त्यसबापत ७ हजार ८ सय भुक्तानी लिएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar