२०७७ फागुन २०, बिहिबार

माघ ११,काठमाडौं – नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकसंग स्पटीकरण सोधेको छ । नेप्सले उक्त बैंकको शेयर मूल्य आइतबारको बजारमा अस्वभाविक रुपमा बढेको र खरिदकर्ताको चाप समेत अस्वभाविक देखिएको भन्दै बैंकलाई स्पष्टीकरण सोधेको हो । गत माघ ८ गतेसम्म स्वाभाविक उतारचढाबका साथ कारोबार हुँदै आएको बैंकको शेयरमा आइतबारअर्थात् ११ माघमा अस्वभाविक रुपमा मूल्य र चाप बढेको थियो ।
बैंकको शेयर मूल्यलाई असर पर्ने गरी बैंकले कुनै निर्णय सार्वजनिक गरेको भए सोको जानकारी ३ दिनभित्र दिन नेप्सेल बैंकलाई लिखित पत्र पठाएको लेखेको हो । उक्त बैंकको शेयर ८ माघमा प्रतिकित्ता ३३१ रुपैयाँमा कारोबार भएको आइतबार ३३ रुपैयाँले बढेर ३६४ रुपैयाँसम्ममा कारोबार भएको छ ।
यो वृद्धि झण्डै १० प्रतिशतले भएको हो ।
True Solutions Media And Company Pvt. Ltd.
द्वारा संचालित
शुभयुगडट कम का लागि
झम्सिखेल ललितपुर, नेपाल
ईमेल: subhayugnews@gmail.com