२०७७ फागुन २०, बिहिबार

माघ ११ ,काठमाडौं – आगामी बुधबारदेखि कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अभियान चलाईने भएको छ । आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको छलफलका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आगामी १४ गते बुधबार १० बजेबाट खोप अभियान सुरु हुने जनाए । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्नेछन् । मुख्यमन्त्रीहरुसंगको छलफलका क्रममा मन्त्री त्रिपाठीले कुनै राजनीतिक तथा व्यवस्थापकीय समस्या भए त्यसअघि नै समाधान गर्न समेत आग्रह गरेका छन् ।
भारत सरकारले हालै मात्र १० लाख डोज कोरोना खोप ‘कोभिशिल्ड’ नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो । त्यही खोप प्रदेश प्रदेशमा पठाइँदैछ भने पहिलो चरणमा फ्रन्टलाइनहरुलाई खोप दिइनेछ ।
True Solutions Media And Company Pvt. Ltd.
द्वारा संचालित
शुभयुगडट कम का लागि
झम्सिखेल ललितपुर, नेपाल
ईमेल: subhayugnews@gmail.com