२०७७ फागुन २४, सोमबार

२ माघ ,काठमाडौं- सप्तरीमा एक किशोरीलाई जिस्काएको विषयमा झडप हुँदा १५ जना घाइते भएका छन्।
रुपनी गाउँपालिका–३, हर्दिया कटैयामा स्थानीय १६ वर्षीया किशोरी जिस्काएको निहुँमा बिहीबार राति ८ बजे दुई पक्षबीच झडप भएको थियो। झडपमा केटी पक्षका ८ जना र केटा पक्षका ७ जना गरी १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ। घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
True Solutions Media And Company Pvt. Ltd.
द्वारा संचालित
शुभयुगडट कम का लागि
झम्सिखेल ललितपुर, नेपाल
ईमेल: subhayugnews@gmail.com