२०७७ फागुन २३, आईतबार

२ माघ ,काठमाडौं – पछिल्लो केहिदिन यता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुई हेलिकप्टरको चर्चा सुरु भएको छ ।
एक साताअघि कीर्गिस्तानबाट जुन हेलिकप्टर नेपाल आएको थियो । तर ट्रान्जिट पार्किङका रुपमा विमानस्थलमा आएको उक्त हेलिकप्टरका चालक दल नै अहिले गायब भएपछि चर्चा अझै चुलिएको हो ।
कुन प्रयोजनका लागि दुई हेलिकप्टर नेपाल आए र त्यसका चालक दल किन गायब भए भन्नेबारे हालसम्म खुलेको छैन। यता कीर्गिस्तानको उड्डयन प्राधिकरणले भने चालक दलका सदस्य नभएको भन्दै थप दुई साता हेलिकप्टर नेपालमै राख्न प्रस्ताव गरेको छ।
हेलिकप्टरलाई आगामी जनवरी २९ तारिखसम्म पार्किङमा राख्ने अवधि बढाइदिन कीर्गिस्तानको उड्डयन प्राधिकरणले आग्रह गरेको एक अधिकारीले जनाए ।
चालक दललाई आउन पत्राचार गरे पनि आउन आनकानी गरिरहेको ती अधिकारीले बताए। विमानस्थल स्रोतका अनुसार दुबै हेलिकोप्टर ल्याउने क्याप्टेन ख्रामुसिन एण्ड्रे र क्याप्टेन अबदुल्लेइभ एमिल्टी इन्डोनेसिया पुगिसकेका छन्।
३० वर्ष पूरानो हेलिकोप्टर कीर्गिस्तानको ‘हेलि स्काइ’ कम्पनीले इन्डोनेशियामा उडान गर्दै आएका थिए। दुवै हेलिकोप्टर अघिल्लो शनिबार बंगलादेश हुँदै नेपाल ल्याइएको थियो। यी दुवै हेलिकोप्टरलाई प्राधिकरणको इजाजत अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक परिसरमा राखिएको छ।
दुवै हेलिकोप्टर फायर फाइटिङ बिल्डिङ छेउमा राखिएको छ। नेपाली आकाशका लागि नौलो रहेका हेलिकोप्टर अथवा हवाई जहाज डोमेस्टिक पार्किङमा राखिने बताइएको छ ।
True Solutions Media And Company Pvt. Ltd.
द्वारा संचालित
शुभयुगडट कम का लागि
झम्सिखेल ललितपुर, नेपाल
ईमेल: subhayugnews@gmail.com