२०७७ फागुन २३, आईतबार

२ माघ,सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ का सौगात रावतको नाममा रहेको जग्गा उनलाई थाहै नदिइ अर्काको नाममा पास गरिएको खुलासा भएको छ ।
पिडित रावतको वीरेन्द्रनगर-८, शंकरचोकमा रहेको ६ कठ्ठा जग्गा उनलाई थाहै नदिइ अरुको नाममा पास गरिदिएको पाइएको हो । उनको ६ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा कित्ताकाट गरी फरक-फरक व्यक्तिलाई बेचेको तथ्य प्रकाशमा आएको छ । यद्यपि, रावतसँग पुरै ६ कठ्ठा जग्गा भएको लालपुर्जा सुरक्षित छ ।
जिल्ला मालपोत कार्यालय सुर्खेतका नायव सुब्बा विश्वरुप सावद र पूर्वतिर घर बताउने सन्तोष ठाकुरको मिलेमतोमा रावतको जग्गा अरुलाई बेचेको आरोप लागेको छ । आरोपित सावदलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको जनाएको छ । उनलाई बुधबार साँझ नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
True Solutions Media And Company Pvt. Ltd.
द्वारा संचालित
शुभयुगडट कम का लागि
झम्सिखेल ललितपुर, नेपाल
ईमेल: subhayugnews@gmail.com