• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७७ माघ १३, मंगलबार
ट्रेन्डीङ्ग
subhayugCorona Virussubhayug.comकेपी शर्मा ओलीनेकपाwww.subhayug.comनेपाल कम्युनिष्ट पार्टीप्रचण्ड
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जिल्ला समन्वय समिति दोलखाका कर्मचारीले अनुगमनका क्रममा आर्थिक अनियमितता गर्ने गरेको खुलाशा

९ घण्टा अघि
२

‘प्रतिनिधिसभा विघटनविरुद्ध अझै ठूलो शक्तिले लडिन्छ’ : अध्यक्ष प्रचण्ड

१० घण्टा अघि
३

प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाका दुईवटा मुद्दा दर्ता

१० घण्टा अघि
४

‘जुन समूहले अध्यक्ष दिन्छ, त्यतै पार्टी एकता गर्छु’: बामदेव गौतम

११ घण्टा अघि
५

‘सरकार चलाउन मन नभए राजीनामा दिने हो, संसद विघटन गर्ने होइन’

११ घण्टा अघि
६

नेपालमा भोलिबाट कोरोनाविरुद्धको भ्याक्सिन शुरु गरिने, को–को छन् पहिलो प्राथमिकतामा ?

१२ घण्टा अघि
७

‘प्रधानमन्त्री ओली कागजी तानाशाह’ : रामकुमारी झाँक्री

१२ घण्टा अघि
८

प्रचण्ड-नेपाल पक्षले देखेको अबको दुई बाटो: कि अदालत कि दफा ४४

१६ घण्टा अघि
९

नेप्सेले माग्यो एनसीसी बैंकसंग स्पटीकरण

२ दिन अघि
१०

मुख्यमन्त्री शेरधन राईले गरे शेर्पा भेषमा विवाह

२ दिन अघि
११

आगामी बुधबारदेखी कोरोना खोप अभियान सुरु हुने

२ दिन अघि
१२

सर्वोच्चमा कुरा उठेपछि हतार हतार एकाबिहानै पौने ४ बजे राजपत्र अपलोड गरेको खुलाशा (प्रमाणसहित)

३ दिन अघि

धेरै पढिएका

  • thailand१

    थाईल्याण्डमा रात बिताउन प्रस्ताव राख्दै युवतीले ‘यु वाण्ट बुम बुम?’ भनेपछि

    १ महिना अघि
  • KAJI PIYA AND prime bank२

    १५ करोडको घरमाथी प्राइम बैंकको गिद्धेनजर : ५ करोडमा जवरजस्ती घर लिलामीपछि घरधनी सडकमा

    २ हफ्ता अघि
  • lockdown ktm३

    संक्रिय संक्रमित २५ हजार नाघेपनी अस्पतालले धानेसम्म लकडाउन नहुने

    ३ महिना अघि
  • lalita niwas photo 1४

    ललितानिवास जग्गा प्रकरण : २० करोडभन्दा बढी अपचलन गर्नेमा १९ जना रहँदा ‘कारिन्दा’ बस्न्यातलाई मात्रै दोषी करार गराउने नियत

    ३ हफ्ता अघि
  • lalpurja५

    जग्गाधनीलाई नै पत्तै नदिइ यसरी गरियो अर्काको नाममा जग्गा पास

    १ हफ्ता अघि
  • oli prachanda६

    मन्त्री बन्न ३० गुण भएको हुनुपर्ने : प्रधानमन्त्रीले पाउलान् त त्यस्ता सारथी ?

    ४ महिना अघि
  • Miss-nepals७

    मिस नेपालहरू कुन दुनियाँमा मस्त ?

    १ हफ्ता अघि
  • artha mantralaya surendra pandey८

    मन्त्रीमण्डल पुर्नगठनमा अर्थमन्त्रीको चर्चा : सुरेन्द्र पाण्डे भन्छन् अर्थमन्त्रालयनै चाहिन्छ

    ३ महिना अघि
  • rape photo milapatra९

    जनप्रतिनिधिकै आफन्त बलत्कारी परेपछि ५ लाखमा मिलापत्र : रकम नदिएपछि पिडित पक्ष प्रहरीमा पुग्यो

    ३ महिना अघि
  • heli१०

    त्रिभुवन विमानस्थलमा दुई हेलिकप्टर : चालक दल नै गायव भएपछि रहस्यमयी

    १ हफ्ता अघि
  • आज माघे संक्रान्ति, घिउ,चाकु र तरुल लगायतका परिकार खाएर मनाइँदै

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ पौष २९, बुधबार (१ हफ्ता अघि)
  • १०५७ पाठक संख्या
  • maghe sakranti

    १ माघ,काठमाडौं – आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति । घिउ,चाकु र तरुल लगायतका परिकार खाएर मनाइँदै छ ।

    आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । माघे संक्रान्तिको अवसरमा चितवनको देवघाट, सुनसरीको बराहक्षेत्र, नुवाकोटको देवीघाट, बर्दियाको ठाकुरद्वार लगायतका स्थानमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ । आजको दिन परिवारका सदस्य, आफन्त तथा साथीभाइसँगै बसेर तरुल, चाकु, लड्डु तथा घिउलगायतका परिकार खाएर रमाइलो गर्ने चलन छ ।

    तराईमा आजको दिनलाई ‘तिला सकराइत’ भनिन्छ । थारु, मगर र छन्त्याल समुदायले भने नयाँ वर्षका रूपमा माघी पर्व मनाउने गर्छन् । माघे संक्रान्तिलाई पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलालीलगायतका जिल्लामा माघीको रुपमा मनाईदैछ ।

    थारु समुदायमा नयाँ वर्ष प्रारम्भ

    थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् ।

    सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ ।

    बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्नेहरु चारधाम जाने र नसक्नेहरुले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ ।

    कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ । तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारु समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ ।

    गाउँका मुखिया सबै मिलेर छनोट गर्ने चलन छ । यस पर्वका अवसरमा महतो, गुरुबा, पूजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने आदि सबै पदवीको आजै लोकतान्त्रिक विधिबाट निर्वाचन हुने पत्रकार लक्की चौधरी बताउँछन ।

    धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियालगायत वर्षभर काम गर्ने पदको छनौट गर्छन् । सहमति नहुने स्थानमा भने निर्वाचन नै हुन्छ । थारु जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई माघी देवानी भनिन्छ ।

    विशेषगरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँसराईका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारु समुदायमा छ ।

    त्यस्तै सरकारले पनि विसं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मूलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रुपमा समेत मनाइन्छ ।

    मकर सङ्क्रान्ति महिमा

    सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।

    माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।

    तराईवासीले माघ १ लाई नहान अर्थात नुहाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर ननुहाउने तराईवासीले आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

    धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

    उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

    आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मानिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।

    सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ ।

    माघ महिनामा माघ माहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि नै शुरु भइसकेको छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ ।

  • subhayug
  • subhayug.com
  • माघे संक्रान्ति
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • जिल्ला समन्वय समिति दोलखाका कर्मचारीले अनुगमनका क्रममा आर्थिक अनियमितता गर्ने गरेको खुलाशा

  • ‘प्रतिनिधिसभा विघटनविरुद्ध अझै ठूलो शक्तिले लडिन्छ’ : अध्यक्ष प्रचण्ड

  • प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाका दुईवटा मुद्दा दर्ता

  • ‘जुन समूहले अध्यक्ष दिन्छ, त्यतै पार्टी एकता गर्छु’: बामदेव गौतम


  • समाचार
  • १

    जिल्ला समन्वय समिति दोलखाका कर्मचारीले अनुगमनका क्रममा आर्थिक अनियमितता गर्ने गरेको खुलाशा
    ९ घण्टा अघि

  • २

    ‘प्रतिनिधिसभा विघटनविरुद्ध अझै ठूलो शक्तिले लडिन्छ’ : अध्यक्ष प्रचण्ड
    १० घण्टा अघि

  • ३

    प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाका दुईवटा मुद्दा दर्ता
    १० घण्टा अघि

  • ४

    ‘जुन समूहले अध्यक्ष दिन्छ, त्यतै पार्टी एकता गर्छु’: बामदेव गौतम
    ११ घण्टा अघि

  • ५

    ‘सरकार चलाउन मन नभए राजीनामा दिने हो, संसद विघटन गर्ने होइन’
    ११ घण्टा अघि

  • ६

    नेपालमा भोलिबाट कोरोनाविरुद्धको भ्याक्सिन शुरु गरिने, को–को छन् पहिलो प्राथमिकतामा ?
    १२ घण्टा अघि

  • ७

    ‘प्रधानमन्त्री ओली कागजी तानाशाह’ : रामकुमारी झाँक्री
    १२ घण्टा अघि

  • ८

    प्रचण्ड-नेपाल पक्षले देखेको अबको दुई बाटो: कि अदालत कि दफा ४४
    १६ घण्टा अघि

  • ९

    नेप्सेले माग्यो एनसीसी बैंकसंग स्पटीकरण
    २ दिन अघि

  • १०

    मुख्यमन्त्री शेरधन राईले गरे शेर्पा भेषमा विवाह
    २ दिन अघि

  • सुभयुग प्रभावसबै
    nagdhunga sisnekhola surung
    १ हफ्ता अघि

    नागढुङ्गा सुरुङमार्ग समयमै सकाउन अहोरात्र काम

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा सांसद नै असुरक्षित : ट्रम्पविरुद्ध मतदान गर्ने सांसदमाथी ‘सुरक्षा खतरा’

    subhayug
    २

    उच्छ्रिङ्खल गतिविधिका कारण ट्रम्पको ट्वीटर अकाउन्ट लक

    Biden
    ३

    ‘यो विद्रोह हो’ : नवनिर्वाचित राष्ट्रपति बाइडेन

    Donald Trump
    ४

    अमेरिकी संसद् भवनमा ट्रम्प समर्थकको आक्रमण : वासिङ्गटनमा कर्फ्यू !

    राष्ट्रपति डोनाल्ड ट्रम्प
    Shubhayug Logo

    www.subhayug.com

    True Solutions Media And Company Pvt. Ltd.
    द्वारा संचालित

    शुभयुगडट कम का लागि

    झम्सिखेल ललितपुर, नेपाल

    ईमेल: subhayugnews@gmail.com

    साईट मेनु

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy Policy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution