• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७८ बैशाख ९, बिहिबार
ट्रेन्डीङ्ग
subhayugsubhayug.comनेपाल कम्युनिष्ट पार्टीकेपी शर्मा ओलीनेकपाप्रधानमन्त्रीCorona Virusनेकपा एमाले
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नारायणी अस्पताल वीरगञ्जमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

४ घण्टा अघि
२

३ महिनापछि बिशाल बजारको सेयर कारोबार फुकुवा

४ घण्टा अघि
३

बिहीबार पनि बढ्याे सुनकाे मूल्य : कति पुग्याे ताेलाकाे ?

५ घण्टा अघि
४

हुम्लामा वैशाख महिनामा पनि हिमपात

५ घण्टा अघि
५

कोरोना सङ्क्रमितको सङ्ख्यामा भारतले राख्यो विश्व रेकर्ड – एकै दिन तीन लाख १५ हजार भन्दा बढी

५ घण्टा अघि
६

ला लिगा : रियल म्याड्रिडको क्याडिजमाथि सहज जित

५ घण्टा अघि
७

रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

६ घण्टा अघि
८

ओली नेतृत्वको सरकारलाई साथ दिने जसपाको निष्कर्ष

६ घण्टा अघि
९

बल्खुमा एमाले पार्टी कार्यालयको भवन शिलान्यास

६ घण्टा अघि
१०

सात दिनभित्र स्पष्टीकरण बुझाउन ८६ राजनीतिक दललाई निर्वाचन आयोगको निर्देशन

६ घण्टा अघि
११

बिहानैदेखि देशभर वर्षा

७ घण्टा अघि
१२

ज्योति विकास बैंकको वितरण योग्य मुनाफा ३५३.९१ प्रतिशतले बढ्यो : कति पुग्यो इपिएस ?

७ घण्टा अघि

धेरै पढिएका

  • thailand१

    थाईल्याण्डमा रात बिताउन प्रस्ताव राख्दै युवतीले ‘यु वाण्ट बुम बुम?’ भनेपछि

    ४ महिना अघि
  • KAJI PIYA AND prime bank२

    १५ करोडको घरमाथी प्राइम बैंकको गिद्धेनजर : ५ करोडमा जवरजस्ती घर लिलामीपछि घरधनी सडकमा

    ३ महिना अघि
  • lockdown ktm३

    संक्रिय संक्रमित २५ हजार नाघेपनी अस्पतालले धानेसम्म लकडाउन नहुने

    ६ महिना अघि
  • lalita niwas photo 1४

    ललितानिवास जग्गा प्रकरण : २० करोडभन्दा बढी अपचलन गर्नेमा १९ जना रहँदा ‘कारिन्दा’ बस्न्यातलाई मात्रै दोषी करार गराउने नियत

    ३ महिना अघि
  • lalpurja५

    जग्गाधनीलाई नै पत्तै नदिइ यसरी गरियो अर्काको नाममा जग्गा पास

    ३ महिना अघि
  • oli prachanda६

    मन्त्री बन्न ३० गुण भएको हुनुपर्ने : प्रधानमन्त्रीले पाउलान् त त्यस्ता सारथी ?

    ६ महिना अघि
  • ghus sahit pakrau७

    ९५ हजार घुससहित् धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत महिला इन्जिनियर पक्राउ

    २ महिना अघि
  • received_467162690963048८

    धादिङमा प्रचण्ड-माधव नेपाल पक्षको विशाल जनप्रदर्शन

    २ महिना अघि
  • Miss-nepals९

    मिस नेपालहरू कुन दुनियाँमा मस्त ?

    ३ महिना अघि
  • rajendra pandey manmohan१०

    नेकपा नेता राजेन्द्र पाण्डेमाथीको मिथ्या लान्छनाले उनको रौँपनि हल्लिँदैन

    २ महिना अघि
  • नागढुङ्गा सुरुङमार्ग समयमै सकाउन अहोरात्र काम

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ पौष २९, बुधबार (३ महिना अघि)
  • ८२९ पाठक संख्या
  • nagdhunga sisnekhola surung

    २९ पुष,काठमाडौं – कोभिड-१९ का कारण निर्माणमा केही ढिला हुन गएको नागढुङ्गास्थित सुरुङमार्ग समयमै सकाउनका लागि तीव्रगतिमा काम भइरहेको छ ।

    कोभिड-१९ सङ्क्रमणका कारण गत वर्ष सुस्त गतिमा भएको निर्माणको कामलाई गति दिन रातदिन काम भइरहेको सडक विभागले जनाएको छ । बिहान ७ देखि साँझ ७ बजेसम्म एउटा सिफ्ट र साँझ ७ देखि बिहान ७ बजेसम्म अर्को सिफ्टमा काम भइरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले जानकारी दिए । उनका अनुसार गत वर्ष काम गर्ने वातावरण नभए पनि समयमै काम सकाउन अवधि बढाइएको हो । उनले भने,‘समयमै सकाउन सकिन्छ भन्ने लागेको छ ।’

    सुरुङमार्गमा अहिले २०/२२ जना जापानी र ३०० नेपाली काम गरिरहेका छन् । यो आवमा वैदशिक लगानीको सडकजस्तै यो सडकमा प्रगति कम भएको सडक विभागले जनाएको छ । जुन गतिमा गर्नुपर्ने हो अझै पनि त्यो गतिमा गर्न नसकिएको सडक विभाग, विकास सहायता समन्वय महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले बताए । उनका अनुसार दिनमा काम गर्ने घण्टा बढाउँदा धेरै काम अघि बढ्नेछ । उनले भने, ‘तोकिएको अवधि ४२ महिनामा नै सकाउने गरी काम भइरहेको छ ।’

    कतिपय सरकारी निर्णय प्रक्रियालाई समय लाग्ने कारणले पनि ढिलाइ भएको प्रमुख थापाको भनाइ छ । मुआब्जा वितरण, विद्युत्को पोल सार्नेलगायतका काममा बढी समय लागेको उनले बताए । कतिपय स्थानीयवासीले मुआब्जा लिने तर घर नभत्काएको पाइएको छ ।

    त्यस्तै नेपाली सेनाले विस्फोटक पदार्थ ल्याउन अनुमति दिन निर्णय गर्न लामो समय लगाउँदा पनि ढिलाइ भएको थियो । उनले भने, ‘निर्माण कम्पनीले काम गर्न खोज्दा पनि हामीले नै प्रक्रियागत कुरा सकाउन बढी समय लागेको थियो ।’ आयोजनाअन्तर्गत छ पुल निर्माण गर्नुपर्नेमा तीन पुल सकिएको प्रमुख थापाले जानकारी दिए ।

    नैकाप नजिकै अन्डरपास बनाउन जग खनेर तयारी भइरहेको छ । नैकापबाट अगाडि जाने सडकलाई ओभरपास गरेर सुरुङलाई अन्डरपास गरिने उनले जानकारी दिए । सुरुङमा यसअघि मेसिनले कोतरेर खन्ने काम भएको उनले जानकारी दिए । उनले भने– जापानिजले गर्ने काममा मेसिनबाटै बढी हुन्छ ।’ कतिपयले स्थानीयवासीले पहिले विभिन्न कारण देखाएर आयोजना निर्माणमा अवरोध गर्न खाजेका थिए ।

    अहिले त्यो समाधान गर्दै निर्माण भइरहेको प्रमुख थापाले बताए । सुख्खा ठाउँ भएकाले सुरुङको काठमाडौँपट्टि वर्षेनि खानेपानीको अभाव हुने गरेको छ । आयोजनाले सुख्खा मौसममा सर्वेक्षण गर्दा पानीको अभाव देखिएको थियो । विकल्प खोज्नुपर्छ भनेर आयोजनामा डिप बोरिङलगायत योजना रहेको उनले बताए ।

    सुरुङ खन्न बाँकी भए पनि कतिपयले यसकै कारण अभाव बढेको त कतिपयले पूरै वडासम्म र निःशुल्क पानी माग गरेका छन् । सुरुङ जमिनको एक सय मिटरमुनि हुने र माथि घर बनाउने, खेती बनाउने गर्न मिल्ने भए पनि त्यहाँका मानिसले मुआब्जा मागेको उनको भनाइ छ । उनले भने,‘सुरुङमा घर पनि बनाउन पाउने र मुआब्जा पाउने भन्नेछ ।’

    गत वर्ष असोजमा कम्पनीको सडक विभागसँग ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । जापान सरकारको ‘सफ्ट लोन’ मा सुरुङको निर्माण गर्ने गरी सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिकरूपमा हुने सवारी चाप कम हुने अपेक्षा गरिएको छ । त्यस स्थानमा धेरै सवारीसाधन र धेरै व्यक्ति अलपत्र पर्ने गरेकामा त्यसको समाधान हुनेछ । त्यसको समाधानसँगै पेट्रोलियम पदार्थको बचत पनि हुनेछ ।

    आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुईवटा सुरुङको निर्माण हुनेछ । दुईवटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र तीन दशमलव एक किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुन्छ । तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीनवटा सवारी साधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रिँदा पनि दुईवटै गाडी चल्न सक्नेछन् ।

    सहायक सुरुङ तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँ–ठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वार बन्नेछ । सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यही निर्माणका क्रममा प्रयोग हुने बताइएको छ । कमजोर ढुङ्गामाटोलाई भने सिस्नेखोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ । सो स्थानमा बसपार्क, तरकारी सङ्कलन केन्द्रलगायत स्टल हुनेछ । निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेँसी नगरपालिकामा नै हस्तान्तरण गर्ने योजना रहेको छ ।

    जाइकाको सहुलियत ऋण सहयोगमा सुरुङमार्ग निर्माण गर्न प्रक्रिया शुरु भएको दुई वर्षपछि मात्रै निर्माण थालिएको थियो ।

  • subhayug
  • subhayug.com
  • कोभिड-१९
  • नागढुङ्गा सुरुङमार्ग
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • नारायणी अस्पताल वीरगञ्जमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

  • ३ महिनापछि बिशाल बजारको सेयर कारोबार फुकुवा

  • बिहीबार पनि बढ्याे सुनकाे मूल्य : कति पुग्याे ताेलाकाे ?

  • हुम्लामा वैशाख महिनामा पनि हिमपात


  • समाचार
  • १

    नारायणी अस्पताल वीरगञ्जमा कोरोना सङ्क्रमित महिलाको मृत्यु
    ४ घण्टा अघि

  • २

    ३ महिनापछि बिशाल बजारको सेयर कारोबार फुकुवा
    ४ घण्टा अघि

  • ३

    बिहीबार पनि बढ्याे सुनकाे मूल्य : कति पुग्याे ताेलाकाे ?
    ५ घण्टा अघि

  • ४

    हुम्लामा वैशाख महिनामा पनि हिमपात
    ५ घण्टा अघि

  • ५

    कोरोना सङ्क्रमितको सङ्ख्यामा भारतले राख्यो विश्व रेकर्ड – एकै दिन तीन लाख १५ हजार भन्दा बढी
    ५ घण्टा अघि

  • ६

    ला लिगा : रियल म्याड्रिडको क्याडिजमाथि सहज जित
    ५ घण्टा अघि

  • ७

    रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज
    ६ घण्टा अघि

  • ८

    ओली नेतृत्वको सरकारलाई साथ दिने जसपाको निष्कर्ष
    ६ घण्टा अघि

  • ९

    बल्खुमा एमाले पार्टी कार्यालयको भवन शिलान्यास
    ६ घण्टा अघि

  • १०

    सात दिनभित्र स्पष्टीकरण बुझाउन ८६ राजनीतिक दललाई निर्वाचन आयोगको निर्देशन
    ६ घण्टा अघि

  • सुभयुग प्रभावसबै
    sarbochha 2
    ६ दिन अघि

    सर्वोच्चको न्यायाधीशमा प्रस्तावित सुवेदी र चुडालमाथि संसदीय सुनुवाई सुरु

    सामाजिक सञ्जालबाट
    १

    कोरोना सङ्क्रमितको सङ्ख्यामा भारतले राख्यो विश्व रेकर्ड – एकै दिन तीन लाख १५ हजार भन्दा बढी

    subhayug
    २

    ला लिगा : रियल म्याड्रिडको क्याडिजमाथि सहज जित

    subhayug
    ३

    ‘जापान–नेपाल सम्बन्ध थप उचाइमा पुर्याउन प्रयत्नशील रहनेछु’

    subhayug
    ४

    मंगल ग्रहमा पहिलो पटक उड्यो हेलिकप्टर

    subhayug
    Shubhayug Logo

    www.subhayug.com

    True Solutions Media And Company Pvt. Ltd.
    द्वारा संचालित

    शुभयुगडट कम का लागि

    झम्सिखेल ललितपुर, नेपाल

    ईमेल: subhayugnews@gmail.com

    साईट मेनु

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy Policy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution