२०७७ माघ १३, मंगलबार

२८ पुष,काठमाडौं – सत्तारूढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसंग कम्युनिष्ट आचरण नै नभएको बताएका छन् ।
मंगलबार गण्डकी प्रदेश कमिटीद्धारा पोखरामा आयोजित् कार्यकर्ता भेलामा सम्बोधनका क्रममा नेता नेपालले प्रधानमन्त्री केपी ओलीसंग कम्युनिष्ट आचरण नै नभएको बताएका हुन् ।
‘केपी ओलीजीले बाटो बिराउनु भएको छ । उहाँमा कम्युनिस्ट आचरण नै छैन’, नेता नेपालले कार्यकर्ता भेलामा भने ।
माधव प्रचण्ड समूहका अध्यक्ष समेत रहेका नेपालले ओली सही बाटोमा फर्किएर सच्चिन समेत आग्रह गरे ।उनले भने, ‘केपी ओलीजीले संविधानमा ठूलो घात गर्नु भएको छ । म उहाँलाई अहिले नै सच्चिन आग्रह गर्छु – प्रतिनिधिसभा विघटनको निर्णय बेठीक भयो भन्नुस् । गल्ती स्वीकार गर्नुस् ।’
True Solutions Media And Company Pvt. Ltd.
द्वारा संचालित
शुभयुगडट कम का लागि
झम्सिखेल ललितपुर, नेपाल
ईमेल: subhayugnews@gmail.com