२०७७ माघ ६, मंगलबार

२८ पौष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदम असंवैधानिक भएको भन्दै विवेकशील पार्टीले दाँत माझेर विरोध प्रदर्शन गरेको छ ।
केही दिनअघि राष्ट्रियसभा बैठकमा सम्वोधनका क्रममा प्रधानमन्त्री ओलीले रोस्ट्रममै थुकेपछि त्यसकोविरुद्धमा मंगलबार विवेकशीलले दाँत माँझेर विरोध जनाएको हो।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेर लोकतन्त्रमाथि धावा बोलेको भन्दै विवकेशील करिब १ महिनादेखि आन्दोलित छ।
जथाभावी थुक्नु सार्वजनिक स्वास्थ्यका लागि हानिकारकसँगै सार्वजनिक शिष्टताको हिसाबले पनि उचित नभएको भन्दै विवेकशीलले दाँत माझेर प्रदर्शन गरेको हो ।
देशको नेतृत्व गर्ने, अनुकरणीय व्यक्तिले गर्ने कामले धेरैलाई प्रभावित पार्ने भएकाले प्रधानमन्त्रीलाई आफ्ना सार्वजनिक गतिविधिमाथि ध्यान दिन पनि साझाले सुझाएको छ।
True Solutions Media And Company Pvt. Ltd.
द्वारा संचालित
शुभयुगडट कम का लागि
झम्सिखेल ललितपुर, नेपाल
ईमेल: subhayugnews@gmail.com