२०७७ माघ १३, मंगलबार

२६ पुष,काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले घुस नलिने १८ ट्राफिक प्रहरी पुरस्कृत गरेको छ ।
आईतबार, ट्राफिक नियम उल्लङ्घनका क्रममा आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ ट्राफिक प्रहरीलाई महाशाखाले पुरस्कृत गरेको हो ।
उनिहरुले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई नियमानुसार कारबाही गर्ने क्रममा घुस दिई प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएका थिए ।
सोहि अनुसार उनीहरुलाई आज पुरस्कृत गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।
True Solutions Media And Company Pvt. Ltd.
द्वारा संचालित
शुभयुगडट कम का लागि
झम्सिखेल ललितपुर, नेपाल
ईमेल: subhayugnews@gmail.com