२०७८ बैशाख ९, बिहिबार
२६ पुष,काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड – नेपाल पक्षले चार पूर्वप्रधानन्याधीशहरुले प्रतिनिधि सभा विघटन बारे दिएको संयुक्त वक्तव्यप्रति प्रधानमन्त्रीले अपमानित गर्ने र धम्काउने काम गरेको भन्दै आपत्ति जनाएको छ ।
आईतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले जिम्मेवार नागरिकको हैसियतमा अहिलेको प्रतिनिधिसभा विघटनको बारेमा पूर्वप्रधानन्याधीसहरुले संयुक्त वक्तव्य दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले अपमानित गरेको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको हो ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले पूर्व प्रधानन्यायाधीशहरुलाई अपमानित गर्ने र धम्काउने काम गरेको भन्दै यो कार्य अत्यन्तै आपत्तिजनक रहेको र यसको प्रतिवाद गर्दै कडा शब्दमा भर्त्सना गरेको जानकारी दिएका छन् ।
प्रवक्ता श्रेष्ठले, ‘मुख्यतस् चार पूर्वप्रधानन्याधीसहरुले देश जनता, लोकतन्त्र, संविधान, राजनीतिक स्थिरता, सुशासनप्रतिको आफ्नो निष्ठाको कारण एउटा जिम्मेवार नागरिकको हैसियतमा अहिलेको प्रतिनिधिसभा विघटनको बारेमा संवैधानिक व्यवस्था के छ भनेर संयुक्त वक्तव्य दिनु भएकोमा उहाँहरुलाई प्रधानमन्त्रीले अपमानित गर्ने र धम्काउने काम गर्नुभएको छ । यो कार्य अत्यन्तै आपत्तिजनक छ । आजको बैठकले यसको प्रतिवाद गर्दै कडा शब्दमा भर्त्सना गरेको छ ।’
साथै प्रवक्ता श्रेष्ठले प्रतिनिधि सभा असंबैधानिक रुपमा विघटन गरेको अवस्थामा सरकारले राष्ट्रिय सभाको अधिवेशन पनि आज अचानक अन्त्य गर्ने कार्यको विरोध गरेको बताउदै आजको राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्रीको सो कदमको विरोध गर्दै आफु पक्षका सांसदले बहिष्कार गरेको जानकारी गराए ।
True Solutions Media And Company Pvt. Ltd.
द्वारा संचालित
शुभयुगडट कम का लागि
झम्सिखेल ललितपुर, नेपाल
ईमेल: subhayugnews@gmail.com