पौष २४ , रौतहट । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्ड–नेपाल समूहले रौतहटको प्रमुख जिल्ला अधिकारी (सीडीओ)ईन्द्रदेव यादवमार्फत विरोधपत्र बुझाएको छ । आज शुक्रबार नेकपा पार्टी केन्द्रको निर्देशन अनुसार प्रधानमन्त्रीको असंवैधानीक कदमविरुद्व विरोधपत्र पठाइएको हो ।दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत शुक्रबार ७७ वटै जिल्लाबाट प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउन लागिएको हो। गत पुस ५ गते संसद विघटनको घोषणा गरेर प्रतिगमन लाद्न खोजेकोमा उक्त कदम सच्याएर संसद पुनर्स्थापित गर्न प्रधानमन्त्री ओलीसँग माग गरिएको छ ।
नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार देशका सबै जिल्ला प्रशासन कार्यालयमार्फत संविधानको पुस्तकका साथ प्रधानमन्त्री ओलीलाई आफ्नो असंवैधानिक सच्याउन अनुरोध गरिनेछ । संघर्ष समितिको निर्धारित कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालयमार्फत विरोधपत्रको साथमा संविधानको पुस्तक दिने र राष्ट्रको नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने उल्लेख छ।यता प्रतिनिधि विघटनको विरुद्धमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रचण्ड–नेपालपक्षमा रहेका अनेरास्ववियूले पनि शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar