एजेन्सी – अमेरिकी संसद् भवनमा ट्रम्प समर्थकको आक्रमणलाई उच्छ्रिङ्खल गतिविधिको संज्ञा दिँदै ट्वीटरले ट्रम्पको अकाउन्ट ‘लक’ गरेको छ ।
कम्तिमा १२ घण्टाका लागि ट्रम्पको अकाउन्ट लक गरिएको ट्वीटरले जनाएको छ । खासगरी बिल्डिङ्गमा घटना र चुनावबारे बिनाप्रमाणका दावीसहितको ट्वीटका कारण उनको अकाउन्ट लक गर्नुपरेको ट्वीटरले जनाएको छ ।
‘अहिले भइरहेको असामान्य गतिविधि र वासिङ्गटन डीसीमा जारी हिंसात्मक गतिविधिका कारण ले आज पोस्ट् गरेका तीन ट्वीट हटाउनु परेको छ, ती ट्वीटले हाम्रो नीति उल्लंघन गरेका छन् । ट्रम्पले तीन ट्वीट डिलिट नगरेमा उनको अकाउन्ट लक नै रहने छ ।’
यसैबीच ट्वीटरले ट्रम्पले उक्त ट्वीट नहटाए अकाउन्ट सदाका लागि लक रहेन चेतावनीसमेत दिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar