एजेन्सी । अमेरिकी संसद् भवन क्यापिटल बिल्डिङ्गमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले हिंसात्मक घटना घटाएका छन् ।
ट्रम्पका समर्थकहरुले संसद् भवन क्यापिटल बिल्डिङ्गमा हिंसात्मक घटना घटाएपस्चात् त्यहाँ कर्फ्यू लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । कर्फ्यू स्थानीय समयानुसार बुधबार साँझ ६ बजेदेखि बिहीबार बिहानसम्म लागू गरिएको छ । अधिकारीहरुले क्यापिटल बिल्डिङ्ग भने सुरक्षित रहेको बताएका छन् ।
ट्रम्प समर्थकहरुले बुधबार क्यापिटल बिल्डिङ्गमा प्रवेश गरेर हिंसा शुरु गरेका थिए । इलेक्टोरल मतगणना गरेर जो बाइडेनको जित औपचारिक रुपमा घोषणा गर्न संसद्को बैठक बसिरहेका बेला उक्त हिंसा घटाइएको हो ।
संसद्मा बहस चलिरहेका बेला अचानक ट्रम्प समर्थक भवनभित्र प्रवेश गरेका थिए भने त्यसकै कारण बहस रोकिएको थियो । उनीहरुले निर्वाचन रद्द गर्नुपर्नेलगायतका माग गर्दै प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडपसमेत भएको थियो ।
अवस्था नियन्त्रणबाहिर गएपछि नेसनल गार्डलाई परिचालित गरिएको थियो । उक्त क्रममा प्रहरीले १३ प्रदर्शनकारीलाई पक्राउ गरेको छ भने ५ वटा बन्दुक बरामद गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar