सुजन कडेलप्रकाशित मिति: २०७७ पौष २१, मंगलबार (३ साल अघि)
१२७० पाठक संख्या
२१ पुष, काठमाडौ : बेलुकाकाे खानाकाे तयारी सकेर परिवारका सबै सदस्य हरुलाइ खाना खान अाउनका लागि अाग्रह गर्दै उनी बाेलाउछिन, “छिट्टै खाना खान अाउनुहाेस… तयार भइसकेको छ।” उनी रमा हुन। उनकाे परिवार जम्मा पाँच जना रहेका छन। ती हुन, श्रीमान रमेश, तीन वर्षको छाेरा राकेश र बुढा भएका सासू, ससुरा। सासू ससुरा बुढा भइसकेका ले उक्त परिवारकाे अाम्दानीकाे स्राेत र भराेसा केवल रमाकाे श्रीमान रमेशमाथी रहेकाे थियाे । सुख, दुखका साथ एकापसमा रमाउदै परिवारकाे सम्पुर्ण गतिविधि चलिरहेको थियाे।
सबैजनालाइ खाना खुवाइ सकेर रमा खाना थालिन। खाना खाएर एकछिन मा सरसफाइ काे काम सकेर उनी सुत्ने काेठामा प्रस्थान गर्छिन जहाँ पहिलेनै उनका श्रीमान र छाेराले उनलाई पर्खिरहेका हुन्छन।
परिवार सानाे भएतापनि अाम्दानीकाे स्राेत केवल अाफ्नाे श्रीमान मात्र भएकाे कारण रमा अाफुले चाहेझै सुखि जीवन बिताउन सकेकी थिइनन् । उक्त कुरा उनकाे मनमा सदैव झल्कने गर्थ्याे र कहिलेकाही श्रीमानसँग गुनासाे समेत गर्थिन।
अाज श्रीमान त्यति धेरै थकित नभएको र छाेरा समेत बेलैमा सुतेकाे कारण रमाले रमेशसँग केही कुरा गर्ने प्रयत्न गर्छिन् र भन्छिन; ” हजुरले जति दुख गरेर पैसा कमाए पनि खान लाउन मात्र ठिक्क भएकाे छ। अब त भविष्य काे बारेमा समेत केही साेच्नुपर्ने, छाेराे पनि दिनप्रतिदिन ठुलाे हुँदै छ। पढाउन पर्याे।”
श्रीमती काे कुरा सुनेर दिनभरकाे थकाइ एकतर्फ बिट मार्दै श्रीमान भन्छन, ” मैले सकेकाे काम गरेकै छु, दिन रात नभनी काम गर्दा पनि बचाउन सकेकाे छैन । मलाई पनि अाफ्नाे काम र कमाइ प्रति फिटिक्कै चित्त बुझेकाे छैन। “
श्रीमानले नरमाइलो मान्दै भनेकाे कुरा सुनेपछि अब उनलाई प्राेत्साहन गर्न पर्याे र के भन्छन कुरा बुझ्न पर्याे भनेर डराई डराई भन्छिन ; ” हजुर पनि विदेश जानू न बरु। नेपालमा भन्दा बढि कमाइ हुन्छ। घर परिवार सम्हाल्ने म छदै छु। म बुढा भएका सासू ससुरा र छाेराकाे राम्राे रेखदेख गर्छु ।
श्रीमतीकाे कुरा सुनेर हर्षित मुद्रामा श्रीमान बाेल्छन ” मैले पहिलेदेखि नै तिमीलाइ भन्न खाेजेकाे थिए, तिमी रिसाउली भनेर नभनेकाे, अब मलाई बाटाे खुल्याे तिमी मान्छाै भने म छिट्टै विदेश जाने तयारी गर्छु । “
श्रीमानले अाफ्नाे कुरामा तत्काल सहमति जनाएको देख्दा खुसिहुदै उनी भन्छिन, ” जुन देशमा काम सहज र कमाइ धेरै हुन्छ त्यहीँ जाने तयारी गर्नुहाेस।”
रमेशले भाेलीपल्ट देखिनै नाम चलेका मेनपावर कम्पनीहरु धाउन र अन्तमा कतारकाे लागि श्रमिक भिसामा जाने निर्णय गर्छ। मेडिकल, अभिमुखिकरण तथा भिसा प्रकृया करिब एक महिनासम्म चल्छ। एक महिना पछि घरमा रहेका श्रीमती, छाेरा र बुबाअामालाइ छाडेर धन कमाउने र सुखि जीवन व्यतित गर्ने उद्धेश्य लिएर उ कतारकाे लागि तीन वर्षको सम्झौता गरि त्यतातिर लाग्दछ।
पहिले ताेकेकाे कम्पनी र सेवा सुविधा पाएर रमेश खुसिका साथ काम गर्छ र समयसमयमा केही रकम घर खर्च भनी श्रीमती लाई पठाउछ। यता नेपालमा रहेकाे उनकाे परिवार समेत खुसिसाथ चलिरहेको थियाे।
सुरु सुरुमा रहेक दिनजसाे कुरा हुने, सम्पर्क हुने रमेश र रमाबिच कुराकानी केही पातलिएकाे थियाे।
श्रीमान बिदेशीएका कारण रमा पारिवारिक बन्धनबाट केही खुकुलो भएकाे अनुभव गर्न थालेकी थिइन । छाेरालाइ बाेर्डिङ भर्ना गराएपछि झनै उनी दिनभरजसाे फुर्सदिलाे हुन थालिन। फुर्सदकाे समय सदुपयोग गर्न सामाजिक सञ्जालकाे प्रयाेग गर्न थालिन र दिनभरजसाे माेवाइलमा व्यस्त हुन थालिन।
विदेशमा रहेकाे श्रीमानसँग केवल अाैपचारीक कुरा मात्र गर्ने उनी एक जना साथीसँग घनिष्ठ बनी अन्तरङ्ग कुराकानी गर्न व्यस्त रहन थालिन।
उता कतारमा रहेकाे रमेशले श्रीमती घरकाे काममा व्यस्त भएकी हाेलिन भनेर नियमित रुपमा घरखर्च पठाइरहेका थिए।
पेशाले ड्राइभर बताउने उक्त केटासँग निकैनै अात्मियता बढे पछि रमा उ सँग निकैनै नजिक भई र उसकाे प्रस्तावमा भेट्न समेत तयार हुन्छिन।
एक दुई दिन गर्दै नियमित रुपमा फुर्सदको बेला यी दुईले भेट्ने गर्दथे । रमाले श्रीमान विदेशमा भएकाेले अाफ्नाे ईच्छा र चाहना पूरा गर्ने माध्यमकाे रुपमा उक्त सम्बन्धलाई लिएकी थिईन।
हरेक पटककाे भेटका लागि घरमा अनेकौं बाहना बनाउन बाध्य रमाले अफ्ट्यारो मान्दै ड्राइभरलाई भन्छिन , ” म घरमा अनेकौं बाहना बनाउदैमा थाकिसके, अब मलाई सधैका लागि अाफ्नाे बनाउनु, म हजुरबिना बाँच्न सक्दिन।”
रमाकाे यस किसिमकाे प्रस्तावबाट चकित पर्दै उक्त केटाले उनकाे प्रस्ताव सहर्ष स्वीकार्दै अर्काे दिन घर छाडेर अाउ म तिमीलाई मेराे घर लैजान्छु भनी बाचा गर्दछ।
पुर्व निर्धारित याेजना बमोजिम रमाले राकेशकाे परिवारसँगकाे सम्बन्ध ताेड्दै, बालक छाेरालाई छाडेर उक्त ड्राइभरकाे साथमा जान्छिन।
घरमा अब अाफुलाइ खाेज्न पर्दैन, अाअाफ्नाे सुर गराै भन्ने जानकारी छिमेकीलाई गराउदै उनी अाफनाे बाटाे लागिन।
विदेशमा रहेकाे श्रीमानले उक्त कुराकाे जानकारी परिवारबाट थाहा पाएपछि दुखि हुँदै कयौं रात सुत्न सकेन तर संसारकाे रितनै यस्तै रहेछ भनी मन बुझाउन बाध्य भयाे ।
यता रमा घर छाडेर अाएकाे एक हप्ता भइसके पछि पनि उक्त ड्राइभरले अाफ्नाे घर नलगि हाेटलमै राख्दा शँका मानी अनुनय बिनय गर्दै घर जाँउ भन्छिन।
ड्राइभरले रमाकाे बिन्तीलाई टार्न अनेकाै प्रयास गर्दा पनि सफल हुदैन र अन्तत रमालाई घर लैजान तत्पर हुन्छ।
ड्राइभरकाे घर पुग्दा उनकाे पहिलाे श्रीमती, एक छाेरा र एक छाेरीसमेत देख्दा रमा अाकाशबाट खसेझैं हुन्छिन भने उ माैन रहन्छ ।
यतिका ठुलाे कुरा अाफुलाइ नबताएकाे र झुट कुरा गरेकाे भन्दै ड्राइभरसंग गुनासाे गर्छिन। त्याे घरमा एकपल पनि रहन नसक्ने र यति कपटी ड्राइभर सँगकाे सम्बन्धबाट तत्कालै छुटकारा पाउन चाहेकाे कुरा व्यक्त गर्छिन ।
अाफुले अाफ्नाे सुन्दर परिवार, श्रीमान र छाेरा छाेडि अाएकाे र सपरिवारले उक्त कुरा थाहा पाएकाे जान्दा उनी के गराै र के नगराै भन्ने छुट्याउन नसक्ने अवस्थामा पुग्छिन।
अाफुले अञ्जानमा नचिनेकाे व्यक्तिको संगत गर्दा र अाँखा चिम्लिएर विश्वास गर्दा धाेका पाएकाे सम्झी त्यहाबाट अन्यत्र लाग्छिन ।
अब अाफु कसैसँग पनि मुख देखाउन लाएक नरहेकाे कुरा मनमा खेलाउदै उनी कयौं पटक अाफ्नाे ज्यान फाल्ने स्थितिमा समेत पुग्छिन।
अाफुबाट गल्ति भएकाे स्विकारी घर परिवार र छाेराकाे याद गर्दै अन्तिम उपायका रुपमा रमेशलाई अनुराेध गर्ने र अाफ्नै घर फर्कन चाहेकाे कुरा व्यक्त गरि नयाँ जीवनकाे सुरुवात गर्ने प्रण गर्दै निकैनै लज्जित महशुस गरि पुर्वपति रमेशलाइ सम्पर्क गरि भन्छिन ; ” रमेश म बाट ठुलाे गल्ति भयाे । मैले बुबा अामा, श्रीमान र छाेरालाई धाेका दिँए। अहिले पछुताे लागेकाे छ। म अाफ्नै कारणले जीवन र मरणकाे दाेसाँधमा पुगेकाे छु । के तिमी मलाई पहिलेझै अाफ्ना श्रीमतीकाे रुपमा स्वीकार्छाै त या मैले पाप पखाल्ने अर्कै उपाय खाेजाै।”
भर्खर काम सकेर अाएकाे रमेश न खुसि न पिडाकाे अवस्थाबाट रमालाइ भन्छ :- ” म तिमीलाई फेरि स्वीकार्न तयार छु।”
रमा लज्जित र निशब्द रहदै पुनर्जीवन पाएकाे महशुस गर्छिन।