१९ पौष ,काठमाडौं-नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्दैछ ।आज बस्ने बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले दुईवटा प्रस्ताव बैठकमा लैजाने तयारी गरेको जानकारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गर्नु असंवैधानिक र अलोकतान्त्रिक भएकोले सडकबाट चरणवद्ध आन्दोलन घोषणा गर्नुपर्ने पहिलो प्रस्ताव छ।
दोस्रो पार्टीको महाधिवेशनबारे हो। सरकारले संसद विघटन गरेपछि अहिले नेपाली कांग्रेसमा पनि दुई कित्ता देखिएको छ । सभापति देउवा पक्ष निर्वाचनमा जाने पक्षमा देखिएको छ भने पौडेल पक्ष असंवैधानिक कदमविरुद्व संघर्ष गर्नुपर्ने अडानमा रहेको छ ।सरकारले संसद विघटन गरेको विरोधमा सडकबाट संघर्ष गरेर संसद पुनस्थार्पना गराउनुपर्ने पौडेलको अडान रहेको छ । पार्टीको १४ औं महाधिवेशन गर्न पनि ढिला भइसकेको र संविधान र पार्टीको विधान बचाउनका लागि पनि लाग्नुपर्ने पौडेलले बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar