१८ पुस, बिराटनगर – नेपाल कम्युनिस्ष्ट पार्टी(नेकपा)का नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरीह प्राणीको संज्ञा दिएका छन् ।
शनिबार बिराटनगरमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेता शर्माले ओलीलाई निरीह प्राणीको संज्ञा दिएका हुन् । यो देशमा कोही निरीह प्राणी छ भने त्यो ओली हुन् उनले भने । त्यस्तै नेता शर्माले ओलीलाई विदेशीको इशारामा चलेको भन्दै कठपुतली र लम्पसारवादी भएको समेत आरोप लगाए।
‘उनी लम्पसारवादी, कठपुतली हुन् । यो देशमा कोही निरीह प्राणी छ भने ओली हुन्’ शर्माले भने, ‘उनलाई आवश्यक रहुञ्जेल प्रयोग गर्छन् र फालिदिन्छन् । त्यस्तै शर्माले भने, ‘केपी ओली विषालु गोमन सर्प रहेछन्, उनले कम्युनिस्ट आन्दोलनलाई डसे ।’ उनले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar