१८ पुष,काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना भन्दा अझ घातक भाइरसले संसारलाई चपेटामा पार्न सक्ने चेतावनी दिएको छ ।
डब्ल्यूएचओको आपतकालीन कार्यक्रम प्रमुख डा. माइक रायनले यो महामारीले संसारलाई निन्द्राबाट ब्युँझाएको बताएका हुन् । कोरोना भाइरसले विश्वभर १८ लाख भन्दा बढी व्यक्तिको ज्यान लिएको छ। यसभन्दा पहिले स्पेनिस फ्लुलाई गम्भीर विश्वव्यापी महामारीको रूपमा लिइएको थियो जसले एक वर्षमा ५ करोड मानिसहरूको ज्यान लिएको थियो ।
कसरी राम्रो गर्ने सिक्यौँ
सञ्चारकर्मीसँग कुरा गर्दै डा. रायनले यो महामारी एकदम गम्भीर भएको बताए । यो महामारीले पृथ्वीको प्रत्येक कुनालाई असर गर्यो तर यो सबैभन्दा ठुलो भने होइन । उनि भन्छन् – यो बिउँझने समय हो । अब हामीले विज्ञान, प्रशिक्षण, प्रशासन, सञ्चार कसरी सुधार गर्न सकिन्छ भन्नेमा ध्यान दिनुपर्ने उनि बताउँछन् । उनले भने – हामी एक जटिल विश्वव्यापी समाजमा बाँचिरहेका छौँ र यो जटिलता जारी रहनेछ l हामीले यस दुख् खबाट पाठ सिक्नुपर्दछ ।”
इतिहासको भीषण महामारी
स्पेनिस फ्लुबाट पीडित धेरैजसो युवा थिए र २० देखी ४० वर्ष उमेरका बिचमा मानिसहरू मर्ने बढी सम्भावना थियो। त्यस्तो महामारी फेरि जन्मियो भने सम्पूर्ण विश्वको सभ्यता अवरोध खडा हुने र खाद्य सङ्कट देखा पर्ने डब्लुएचओ बताउँछ । यस्ता महामारीले विश्वभरि राजनीतिक अस्थिरता सिर्जना गर्ने डब्लुएचओको ठम्याइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar