१८ पुस,काठमाडौं – बृहत नागरिक आन्दोलनले माइतीघर मण्डलामा सडक नाटक प्रदर्शन गरेको छ ।
संसद विघटनविरुद्ध निरन्तर प्रदर्शन गर्दै आएको बृहत नागरिक आन्दोलनले आज शनिबारपनि माइतीघर मण्डलामा सडक नाटक प्रदर्शन गरेको हो । संसद पुनस्र्थापनाको माग गर्दै शनिबार कलाकारहरूले विरोध नाटक देखाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटन संविधान विपरीत भएको उनीहरूको ठहर छ ।
आन्दोलनका सहभागीहरूले ‘सावधान जनता, सार्वभौमसत्ता भयो दमन, घरघर आउँदैछ प्रतिगमन’, ‘खै मेरो संविधानरु’, ‘संसद विघटनको दुस्साहस, लोकतन्त्रको उपहास’, ‘इतिहासको पाठ हो, प्रतिगमन टिक्दैन’, ‘प्रधानमन्त्री ओलीको शान, सार्वभौम जनताको अपमान’ र ‘सर्वोच्च अदालत सावधान, जोगाएर राख तिम्रो मान’ लेखिएका प्लेकार्ड बोकेका थिए ।
नागरिक आन्दोलनले गत हप्तादेखि शंख, नौमती, डम्फु, च्याब्रुङ सहित प्रदर्शन गरेको थियो । केही दिनमै दोस्रो चरणको आन्दोलन घोषणा गरिने लेखक युग पाठकले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar