२०७७ माघ १३, मंगलबार

१६ पुष,काठमाडौं – प्रभु क्यापिटलले टिकटक क्याम्पियनको आयोजना गरेको छ ।
प्रभु क्यापिटलले आफ्ना टिकटक भिडियोहरुबाट लोकप्रियता कमाउन सफल रेश्मा घिमिरेले अपलोड गरेको प्रभु क्यापिटलको गीत र सोही क्याप्सन सहित आफ्नो टिकटक भिडियो अपलोड गरी यस प्रतियोगितामा सहभागिता जनाउन सकिने जनाएको छ ।
गत पुस ९ गतेदेखि माघ ८ गतेभित्र प्रभु क्यापिटलको गीतमा टिकटक बनाउने सहभागीहरुमध्ये उत्कृष्ट भिडियो बनाउने ३ प्रतियोगीहरुले प्रभु हेलिकप्टरको फ्लाइटमार्फत गोसाइँकुण्ड घुम्ने मौका प्राप्त गर्नेछन् ।
हाल सबैको रुचि बनेको टिकटकमार्फत आयोजना हुने यस प्रतियोगिता उल्लेखनीय सहभागिता रहने कम्पनीको अपेक्षा छ । त्यस्तै टिकटक प्रतियोगिता अवधिभर प्रभु क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्ने अवसर पनि रहेको प्रभु क्यापिटलले जनाएको छ ।
True Solutions Media And Company Pvt. Ltd.
द्वारा संचालित
शुभयुगडट कम का लागि
झम्सिखेल ललितपुर, नेपाल
ईमेल: subhayugnews@gmail.com