२०७७ माघ ६, मंगलबार

१६ पुष,काठमाडौं – आगामी माघ १५ देखि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने भएको छ ।
बिहीबार निर्वाचन आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी माघ १५ गतेदेखि २१ गतेसम्म सबै स्थानीय तहमा रहेका केन्द्रबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएका हुन् ।
त्यस्तै आयोगले २०७७ पुस ५ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरुको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न कार्यक्रम सञ्चालन गर्न लागेको समेत जनाएको छ ।
True Solutions Media And Company Pvt. Ltd.
द्वारा संचालित
शुभयुगडट कम का लागि
झम्सिखेल ललितपुर, नेपाल
ईमेल: subhayugnews@gmail.com