पौष १६ , काठमाडौं । मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट सर्वोच्चले आज पनि हेर्न नभ्याउने भएको छ । मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा परेको रिट माथिको आज दोस्रो दिनको पेशी पनि सरेको हो ।न्यायाधीश कुमार रेग्मीको इजलासमा परे पनि रिट ‘हेर्न नभ्याइने’ जानकारी प्राप्त भएको स्रोतले जनाएको छ । बुधवार न्यायाधीश ईश्वर खतिवडाको इजलासमा परेको रिट हेर्न भ्याइएको थिएन । सुनुवाईका लागि न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी तोकिएको छ। बुधबार सो रिटलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेशी आजका लागि तोकिएको हो।
निर्वाचन घोषणा गरेको र प्रतिनिधि सभा सदस्य नभएको अवस्थामा प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्न नमिल्ने कानुनविदहरुले बताउँदै आएका छन्।तर, ओलीले आफू बहुमतको प्रधानमन्त्री भएको र पदबाट राजीनामा नदिएकाले मिल्ने जिकिर गर्दै विस्तार गरेका थिए।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar