१६ पौष,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरूलाई नेकपा केन्द्रीय सदस्यको शपथ खुवाएका छन्।
ओलीले बुधबार राति ८ बजे बालुवाटारस्थित प्रधानमन्त्री सरकारी निवासमा नवनियुक्त केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराएका हुन्।
केन्द्रीय सदस्य थपपछि प्रधानमन्त्री ओलीले यही पुस १० गते मन्त्रिपरिषद् पनि विस्तार गरेका थिए।
९ जनालाई नयाँ मन्त्री बनाएका थिए भने कतिपय मन्त्रीको जिम्मेवारी हेरफेरसमेत गरेका थिए।
नयाँ मन्त्रीमा उनले पूर्वमाओवादी समूहबाट ७ र पूर्वएमालेबाट २ जनालाई नियुक्त गरेका हुन्। पूर्वमाओवादी खेमाबाट मन्त्री बनेकालाई पार्टीको केन्द्रीय सदस्यमा थप गर्दै प्रधानमन्त्री ओलीले शपथ गराएका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar