पोखरा – तारा एयर थासाङ गाउँ पालिका अन्तर्गत कोबाङ गाउँको माथी सानुसरे भन्ने स्थानमा क्षत विच्छेद अवस्थामा भेटिएको छ ।
हेलिकोप्टर जान नकसेपछि अहिले प्रहरीको टोली उक्त क्षेत्रमा जाँदै गरेको जानकारी आएको छ।’ तारा एअरको ९ एन एइटी विमानमा २ जना विदेशी, ४ जना भारतीय र १३ जना नेपाली यात्रु सवार थिए । साथै, विमानका पाइलट प्रभाकर प्रसाद घिमिरे, को – पाइलट इतासव पोख्रेल र विमान परिचारिका किस्मी थापा सवार थिए। यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ थिए ।
यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको थिए । विहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडान भएको विमान उडान भएको केही समयपछि सम्पर्कविहीन भएको थियो।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar