१४ पुष,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच छलफल भएको छ ।
सोमबार साँझ शितल निवासमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच छलफल भएको हो । चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोलीले भेटेपछि भएको यो छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रधानमन्त्री र राष्ट्रपतिबीच करिब २ घण्टा छलफल भएको बताइएको छ । चिनियाँ टोलीले आइतबार प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटवार्ता गरेको थियो भने सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईसँग छलफल गरेको थियो।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar