१३ पुष,काठमाडौं- भारतले विकास गरिरहेको कोभिड १९ विरुद्वको खोप अन्तिम चरणमा पुगको जनाएको छ ।
भारतले विश्वभरका लागि खोप उत्पादन गरिरहेको दाबी गरेको छ । आफूलाई कोरोना लडाईँमा छिमेकी मुलुकहरुसहित विश्वलाई नै खोप उपलब्ध गराउनु आफ्नो दायित्व भएकोसमेत बताएको छ । यसअघि पनि भारतले कोरोनाविरुद्धको उपचारमा प्रभावकारी मानिएको हाइड्रोक्सीक्लोरोक्वाइन र रेम्डेसिभिर पनि अमेरिकासहित विश्वका विभिन्न मुलुकहरुलाई उपलब्ध गराएको थियो ।
२८ नोभेम्बरसम्मको तथ्यांक अनुसार भारतमा हरेक १० लाख मानिसहरुमा ६ हजार ७३१ मानिसहरु कोरोना संक्रमित भएका छन् । भारतको तुलनामा विश्वमा सबैभन्दा बढी प्रभावित मुलुकमा हरेक १० लाखमा ४-५ गुणा बढी संक्रमितहरु रहेका छन् । भारतमा हरेक १० लाख ९८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विश्वमा नै आरटी पीसीआरसँगै र्यापिड एन्टिजेन परीक्षण गर्ने भारत पहिलो मुलुक हो । सुरुवातमा र्यापिड एन्टिजेन परीक्षण गरेको भन्दै भारतको आलोचना गरिएको थियो । तर, पछि विश्व स्वास्थ्य संगठनले नै र्यापिड एन्टिजेन परीक्षणलाई स्वीकार गरेको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २४ मार्चमा पहिलो पटक लकडाउन घोषणा गर्दा देशभर कुल कोरोना भाइरस संक्रमितको संख्या ५०० मात्र थियो । लकडाउनको समयमा १५ हजार ३६२ कोभिड-१९ स्वास्थ्य सुविधाहरु १५ लाख ४० हजार आइसोलेसन बेड, दुई लाख ७० हजार अक्सिजनसहितका बेडहरु र ७८ हजार आईसीयू बेडहरु तयार गरिएका थिए । यही अवधिमा मुलुकभरका विभिन्न सरकारी अस्पतालहरुमा ३२ हजार ४०० भेन्टिलेटरहरु वितरण गरिएका थिए । भारतको संघीय सरकारले ३ करोड ७० लाख एन९५ मास्क, एक करोड ६० लाख पीपीईहरु विभिन्न राज्य सरकारहरुलाई उपलब्ध गराइएको थियो ।
प्रधानमन्त्री गरिब कल्याण प्याकेजअन्तर्गत सरकारले १७० लाख करोड रुपैयाँ बराबरको खाद्यान्न र महिला तथा ज्येष्ठ नागरिकहरुलाई नगद प्रदान गरिएको थियो । करिब ४२ करोड गरिब नागरिकरुले सरकारले उपलब्ध गराएको आर्थिक सहायता प्राप्त गरेका छन् । जसमा ६८ हजार ८२० करोड भारतीय रुपैयाँ खर्च भएको छ । १७ हजार ८९१ करोड रुपैयाँ प्रधानमन्त्री-किसान स्किम अन्तर्गत भारतका ९ करोड किसानहरुलाई उपलब्ध गराइएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar